२०८१, १७ बैशाख सोमबार

नुवाकोटमा १२ हजार बालबालिकाको जन्म, ३२ सय मानिसको मृत्यु, ३३४ सम्बन्धविच्छेद

सुनील श्रेष्ठ     श्रावण १० २०८० १५:४६

nuwakot data of Department of National ID and Civil Registration
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांकअनुसार नुवाकोटमा गत आर्थिकवर्ष २०७९/०८० मा करिब १२ हजार बालबालिका जन्मेका छन् । जसमा छ हजार १०९ जना बालक र पाँच हजार ८९२ जना बालिका रहेका छन् ।

विभागका अनुसार जिल्लाको १२ वटै स्थानीय तहकाको वडा कार्यालयहरुबाट जन्मका १२ हजार एक, मृत्युका तीन हजार १५९, बसाइँसराईका ८२५, विवाहका पाँच हजार ९९७ र सम्बन्धविच्छेदका ३३४ वटा गरी कुल २२ हजार ३१६ घटनाहरु पञ्जीकरण गरिएको छ।

गत आवमा विदुर नगरपालिकामा तीन हजार ३००, बेलकोटगढी नपामा दुई हजार ९९३, किस्पाङ गाउँपालिकामा एक हजार ४०, म्यागङमा एक हजार २६५ र तारकेश्वरमा दुई हजार ४८३ वटा सामाजिक घटना वडाको पञ्जीकरणमा दर्ता भएको छ ।

यसैगरी, शिवपुरी गाउँपालिकामा एक हजार ९६०, दुप्चेश्वरमा दुई हजार ३४३, पञ्चकन्यामा एक हजार ४८०, तादीमा एक हजार ६२३, सुर्यगढीमा एकहजार २४८, लिखुमा एक हजार २३७ र ककनीमा दुई हजार २५५ वटा सामाजिक घटना वडाको पञ्जीकरणमा दर्ता भएको छ ।

तथ्यांकअनुसार आव २०७९/८० मा नेपालमा चार लाख ६४ हजार ५७१ बालक र चार लाख २६ हजार ५७५ बालिका गरी कुल आठ लाख ९१ हजार १७९ जना बालबालिका जन्मेका छन् । यस्तै, स्थानीय तहले अभिलेख गरिएको अनुसार एक लाख १७ हजार ४०७ पुरुष र एक लाख दुई हजार ४८७ महिला गरी कुल दुई लाख १९ हजार ९१२ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top