२०८१, १७ बैशाख सोमबार

नुवाकोटमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

डबली खबर     असार २५ २०८० १९:३०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – राष्ट्रिय सूचना आयोगको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा विदुरमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ।

सोमबार भएको कार्यक्रममा आयोगका सचिव दिवस आचार्यले सूचनाको हक र व्यवहारिक प्रयोगका बारेमा सहजिकरण गरेका थिए । नेपालमा सूचनाको हकको अभ्यास, यसका सिद्धान्तहरु, सार्वजनिक निकायको दायित्व र सूचनाको संरक्षण, सूचनाको दुरुपयोग र सूचनाको हकका सन्दर्भमा चुनौतीहरु लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा आयोगका आयुक्त कमला ओली थापाले सूचनामा नागरिकको सरल र सहज पहुँच हुनुपर्नेमा जोड दिईन् ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले नुवाकोटका सरकारी कार्यालयहरुले आगामी आवबाट प्रत्येक तीन/तीन महिनामा कार्यालयको गतिविधि प्रकाशन गर्न निर्देशन दिए । 

जिल्ला समन्वय समितिका प्रमुख जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, जिल्ला अधिकारी किरण थापालगायतको आतिथ्यमा भएको कार्यक्रममा जिल्लास्थित स्थानीय र सरकारीकार्यालयका प्रमुख तथा सूचना अधिकारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले सूचनाको हक सम्बन्धि नीतिलाई सरकारी निकायका पदाधिकारी र आमनागरिकले हतियारको रुपमा लिएर दुरुपयोग गरेको बताए ।

कार्यक्रममा सहभागीहरुले जिल्लामा सरकारी कार्यालयहरुमा प्रष्टसँग नागरिक बडापत्र नराखिएको, नागरिकसँगको सरोकारका विषय, विकास निर्माणका योजनाहरुको विवरण योजनास्थलमा नराखिएको लगायतका विषयहरु उठान गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top