नुवाकोट – बेलकोटगढी नगरपालिका-७ को वडा कार्यालयले चालुआर्थिक वर्ष २०७९/८० को सञ्चालन गरेको योजनाहरु तथा र कार्यन्वयनको अवस्थाको बारेमा सार्वजनिक सुनुवाईमार्फत नागरिकहरुलाई जानकारी गराएको छ ।
शुक्रबार भएको सार्वजनिक कार्यक्रममा वडा कार्यालयबाट चालुआवमा विभिन्न शिर्षकबाट १२ लाख ३५ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको वडा सचिव सुरेश सिलवालले जानकारी दिए । वडामा ८४ वटा जन्म दर्ता, ८० वटा विवाह दर्ता, ३४ जनाको मृत्यु दर्ता भएको र २ जनाले बसाई सरेर अन्यत्र गएको जानकारी दिए ।
वडा कार्यालयको आयोजना भएको कार्याक्रममा वडा अध्यक्ष भुबनेश्वर नेपालले प्राप्त बजेट, योजना र कार्यान्वयनको अवस्थाको बारेमा जानकारी गराएको थियो । सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै वडा कार्यालयले कार्य गर्दै आएको बताउँदै वडाध्यक्ष नेपालले विकास निर्माणको कार्यमा नागरिकबाट निरन्तर खबरदारीको अपेक्षा गरेको बताए । चालुआर्थिक वर्षमा वडामा प्राप्त भएको प्राय सबै बजेटमार्फत योजनाहरुको कार्य सम्पन्न भइ भुक्तानी समेत भइसकेको बताए ।
सार्वजनिक सुनुवाईमा नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले नगरपालिकाले प्रवाह गर्ने सेवा लगायत नगरपालिकाबाट वितरित योजनाको कार्यान्वयनका विषयमा सर्वसाधारणले राखेको जिज्ञासाको उपमेयर दाहालले जवाफ दिएका थिए । नगरपालिकाले गर्ने हरेक काम जनसमुदायसम्म पहुँच पुग्ने ढंगले प्रवाह भैरहेको भन्दै नगरले गर्ने हरेक कामलाई पारदर्शी रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए । साधन र स्रोतको अभावका बीच पनि प्राथमिकताका आधारमा योजना छनोट गरेर विकास निर्माणलाई अघि बढाउँदै जाने नगरपालिकाको योजना रहेको बताए ।
कार्यक्रममा बेलकोटगढी नगरपालिका कार्यलयका योजना शाखा प्रमुख शिबराम अभिकारी, नगर कार्यपालिका सदस्य गमला लामा, वडा सदस्य मनबिर मिजार, प्राबिधिक प्रतिक्षा केसी लगायतले नागरिकहरुको गुनासोलाई सम्बोधन गरेका थिए ।
सहभागीहरुले वडाभित्र भइरहेको विकास निर्माण कार्य, फोहोर मैला व्यवस्थापन, वडा तथा स्वास्थ्य सस्था लगायत सरकारी निकाले गरिरिहेको सेवा प्रबाहको बारेमा गुनासो गरेका थिए ।
प्रतिक्रिया