२०८१, १९ बैशाख बुधबार

मगर समुदायको थर, उपथर, सूचिकरण बिषयक अन्तरक्रिया

डबली खबर     जेष्ठ २६ २०८० २१:५४

magar community interaction program in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – मगर समुदायको थर, उपथर, सूचिकरण तथा पदवी बिषयकमा आज विदुरमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटकाे आयाेजनामा भएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नुवाकोटको सभाहलमा भएको हो ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव टेक नाम्जालि मगरले निति तथा कार्यक्रम, काजकिरिया पद्धति, कल्याणकारी काेषलगायतका बिषयमा प्रस्ट पारेका थिए ।

कार्यक्रममा संघकी अध्यक्ष बचुमाया सुनारीले मगरात सभ्यतासहितको समृद्ध मगर समाजको मगर इतिहास, भाषा, संस्कृति, संरक्षण, सम्बर्द्धनमा मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र रहको बताईन् ।

नुवाकोटमा ६ हजार ३८८ जना मगर समुदायका मानिसहरु रहेकाेमा मगरहरुकाे विभिन्न थर उपथरहरुमा राना, थापा र आले पदवि नभएर थर भएको नेपाल मगर संघ केन्द्रिय समितिका सदस्य भगवान रानामगरले बताए ।

कार्यक्रममा समाजशास्त्री बलबहादुर घर्ती मगरले मगर समुदायको थर, उपथर, सुचिकरण तथा पदवि बिषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा नुवाकोटका विदुर नगरपालिका, बेलकाेटगढि नगरपालिका, तारकेश्वर गाउँपालिका, लिखु गाउँपालिका र रसुवाका सहस्यहरुकाे सहभागिता रहेको थियाे ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top