२०८१, १४ बैशाख शुक्रबार

पञ्‍चकन्यामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

डबली खबर     जेष्ठ १४ २०८० १२:०८

public hearing in panchakanya rural municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । पञ्‍चकन्या गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले सम्पन्न गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर (रमेश) तामाङले बताए ।

कार्यक्रममा अध्यक्ष तामाङले गाउँपालिकामै आगामी आवको कार्यक्रममा मालपोतसम्बन्धि भुसेवा र नागरिकता सम्बन्धि सेवा प्रवाहको लागि पहल गरिने बताए । गाउँपालिका क्षेत्रमा रहेको सहकारीले आर्थिक तथा कृषिमलमा मनोमानी गरेको सुनिएतापनि लिखितरुपमा उजुरी निवेदन दिएमा उक्त सहकारी खारेज समेत गरिने अध्यक्ष तामाङले बताए ।

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागि गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राममणि काफ्लेले बताए ।

कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाव दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमला केसी, जनप्रतिनिधी, पत्रकार, सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top