+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो बागमती प्रदेश खेलकुद: फुटबलमा नुवाकोट विजयी

football man of the match santosh thapa second bagamati province sport
डबली खबर
२ साल अगाडी

नुवाकोट – बागमती प्रदेशस्तरीय खेलकुद अन्तर्गत पुरुषतर्फको फुटबल खेलमा नुवाकोट विजयी भएको छ ।

आईतबारदेखि सुरु भएको दोस्रो प्रदेशस्तरीय खेलकुदको फुटबलको उद्घाटन खेलमा नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

हेटौडाको पिप्ले रंगशालामा भएको खेलमा नुवाकोटका सन्तोष थापा, अजय वाईवा र आकाश रानामगरले समान १/१ गोल गरे । सिन्धुपाल्चोकका दीपक लामाले एक गोल फर्काए।

खेलको म्यान अफ द म्याच नुवाकोटका सन्तोष थापा घोषित भए ।

अब नुवाकोटले ललितपुर र सिन्धुलिबीचको बिजेतासँग जेठ १० गते खेल्नेछ। पुरुषतर्फ फुटबलमा १३ समुह रहेको छ ।

आईतबार प्रतियोगिताको प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समुद्घाटन गरेका हुन् ।

प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको खेलकुद प्रतियोगितामा १३ विधाका खेलहरु हुने जनाइएको छ ।

प्रतियोगितामा विभिन्न १३ विधाका एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडीहरुको सहभागिता रहनेछन् भने एक सय ७३ जना प्रशिक्षक एक सय ४२ जना व्यवस्थापक, दुई सय ७६ जना निर्णायकको सहभागिता रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ