२०८१, १३ बैशाख बिहीबार

प्रदेशस्तरीय क्रिकेटमा नुवाकोटको विजयी सुरुवात

डबली खबर     चैत्र २ २०७८ २०:१०

man of the match cricket bagamati
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – प्रथम बागमती प्रदेशस्तरीय प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नुवाकोटले जितको सुरुवात गरेको छ ।

बुधबार भएको खेलमा नुवाकोटले रामेछापलाई १९२ फराकिलो रन अन्तरले पराजित गरेको हो । नुवाकोटले २५७ रन बनाएको थियो ।

चितवनको निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नुवाकोटका कप्तान राजेश रिमालले उत्कृष्ट ब्याटिङ गर्दै १५९ र रोजल राउतले ५६ रनको साझेदारी गर्दै रामेछापलाई ६५ रनमै अल आउट गरेको थियो ।

खेलमा नुवाकोटका कप्तान राजेश रिमाल म्यान अफ म्याच घोषित भए ।

विशाल रन अन्तरले पराजित गर्दै नुवाकोट दोस्रो चरणमा पुगेको छ ।

नुवाकोटले यहि चैत्र ५ गते शनिबार दिनको १२:३० बजे चितवनसँग खेल्दैछ ।

बागमती प्रदेशले क्रिकेट खेलको लागि महिला तथा पुरुषतर्फको खेल भइरहेको छ । महिलातर्फ बागमती प्रदेशका मात्र ३ जिल्लाले सहभागिता जनाएका छन् । पुरुषतर्फ प्रदेशका १२ जिल्लाले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top