२०८१, १४ बैशाख शुक्रबार

४० जनाले लिए सीपमूलक मन्टेश्वरी र सिलाई कटाई तालिम

डबली खबर     बैशाख २५ २०८० २१:१५

nuwakot montessori training
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश युवा परिषद् जिल्ला युवा समिति नुवाकोटबाट ४० जनाले सीपमूलक तालिम लिएका छन् । 

बेरोजगारलाई आत्मनिर्भर गर्ने बनाउने उदेश्यले समितिले सञ्चालन गरेको तालिमबाट प्रारम्भिक बाल शिक्षा तथा विकास (मन्टेश्वरी)मा २० जना र सिलाई कटाईमा २० जना महिलाले सीपमूलक तालिम प्राप्त गरेका हुन् ।

विदुरमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले तालिमका प्रशिक्षार्थीलाई नगरले आगामी कार्यक्रममा समावेश गरी अझै परिस्कृत गर्ने बताए । सिलाई कटाई तालिम लिएका प्रशिक्षार्थीहरुलाई आव २०८०/०८१ को बजेटमा प्रविधि हस्तान्तरण र लगानी गर्नको लागि सिलाई मेशिन अनुदान प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । नगरले छिटैनै १३ वटै वडामा सिपमुलक केन्द्र स्थापना गरी सिपमुलक तालिम प्रदान गर्ने जानकारी दिए ।

समितिले गत वर्षको चैत १८ गतेदेखि वैशाख २५ गतेसम्म ६५ दिन सञ्चालन गरेको तालिममा नुवाकोट, रसुवा र धादिङका महिलाले लाभ लिएको समितिका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए । उनले विदुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा पूर्वप्राथमिक विद्यालयमा आवश्यक स्वयम्सेवक शिक्षक शिक्षिकामा मन्टेश्वरी तालिमका प्रशिक्षार्थीहरुलाई प्राथमिकताको साथमा रोजगारी प्रदान गर्न नगर प्रमुख श्रेष्ठलाई अनुरोध गरे ।

सिलाइ कटाईका प्रशिक्षार्थीहरु

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लिलानाथ न्यौपाने, ४ नम्बरका अध्यक्ष निलमबाबु ढुंगेल, सचेतना केन्द्रका प्रमुख यमकुमार खाती लगायतले तालिमपछि प्रशिक्षार्थीहरुले आफ्नो व्यवहारमा लागू गरी आत्मनिर्भर हुनुपर्ने बताए ।

नयाँ विधि र प्रविधिको विकाससँगै शिक्षण सिकाईमा सुधार ल्याउन शिक्षण सिकाईलाई जोड दिदै समितिले मन्टेश्वरी तालिमले गुणस्तरीय शिक्षा प्रदान गर्न र र स्वरोजगार तथा व्यवसायीक प्रबर्द्धनको लागि सिलाई कटाई तालिमको आयोजना गरिएको समितिले जनाएको छ ।

कान्तिपुर बहुप्राविधिक शिक्षालयका प्रशिक्षकद्वय सुजना खतिवडा र पार्वती अधिकारीले सहजीकरण गरेको तालिममा पिपलटारको चन्द्रज्योति माध्यमिक विद्यालयमा मन्टेश्वरी र विदुरको सचेतना केन्द्रमा सिलाई कटाई सञ्चालन भएको थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top