+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुद्ध पूर्णिमामा प्रभातफेरी र रथयात्रा

बुद्ध पूर्णिमामा प्रभातफेरी र रथयात्रा
डबली खबर
२ साल अगाडी

विदुर – २५६७औं बुद्ध पूर्णिमा तथा जयन्तीका अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । बुद्ध पूर्णिमाकै अवसर नुवाकोटमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

नेपाल तामाङ घेदुङ नुवाकोटको आयोजनामा विदुर नगरपालिकाको बट्टार बजारदेखि कर्म देन्छेलिङ गुम्बा ढुंगेसम्म प्रभातफेरी गरिएको छ ।

प्रभातफेरीपछि टुल्कु रेन्पोर्छे सोनाम गारवाङद्वारा भक्तालुहरुलाई आशिर्वाद प्रदान गर्नुकोसाथै बुद्ध र बुद्धत्वसम्बन्धि प्रवचन वाचन गरिएको घेदुङका अध्यक्ष विरबहादुर तामाङले जानकारी दिए ।

त्रिशुलीमा बुद्ध रथयात्रा

यस्तै, सुगतपुर बिहार संरक्षण समितिद्वारा शोभा यात्रा त्रिशुली बजारभर परिक्रमा गरिएको समितिका अध्यक्ष आनन्द शाक्यले बताए । परिक्रममा समितिका पदाधिकारी, स्थानीयहरुको सहभागिता रहेको थियो । सोहिअवसरमा मोटरसाइकल आयोजना गरी नुवाकोटमा रहेको मण्डला, बट्टारमा रहेको बुद्ध मन्दिरमा झण्डा राखिएको उनले जानकारी दिए ।

नेपालको लुम्बिनीमा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म बैशाखशुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यस्तै, भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका थिए । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछन् । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ