२०८०, २४ जेष्ठ बुधबार

बैशाखदेखि बीमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

डबली खबर     चैत्र १८ २०७९ २०:३५

beema nepal
Diyo Pathshala Montessori

काठमाडौं – बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालित बीमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो ।

यो व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ ।

बीमा प्राधिकरणले बीमा ऐन २०७९ मा बिमक नविकरणसम्बन्धी व्यवस्था नरहेकोले अब उप्रान्त बीमा कम्पनीको इजाजतपत्र नवीकरण गर्नु नपर्ने जनाएको हो ।

साविक बिमा ऐन २०४९ मा हरेक वर्ष बिमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top