२०८१, २३ बैशाख आईतवार

उत्तरगयाको सार्वजनिक सुनुवाई

डबली खबर     फाल्गुन १४ २०७९ १८:३७

uttargaya rm public hearing
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – आर्थिक वर्ष २०७९ साउनदेखि माघमसान्तसम्म पालिकाको विभिन्न बिषयगत शाखाको सम्पादित तथा सवालको लागि उत्तरगया गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

रेडियो लाङटाङले सहजीकरण गरेको कार्यक्रममा सम्पुर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका वडाबाट उठेको राजश्व खर्च भएको विवरण लगायत गाउँपालिकामा खाद्य, शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका अधिकारको विषयमा सरोकारवालाहरूसँग सार्वजनिक सुनवाईका विषयमा प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका पाँचवटै वडा कार्यालयले प्रदान गरेका सेवा, सम्पादन भएका कामहरुको बारेमा जानकारी गरिएको छ । नागरिकता तथा नागरिकताको प्रतिलिपि सिफारिस , जन्मदर्ता, मृत्युदर्ता, बसाइसराई दर्ता, विवाह दर्ता , सम्बन्धविच्छेद दर्ता, अन्य सिफारिसहरु, लिखत प्रमाणित तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नविकरण गरिएको प्रतिवेदन विषयगत शाखाका प्रमुखले प्रस्तुत गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले वार्षिक योजना तथा कार्यक्रम अन्तर्गतका चौमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले नागरिकको समस्या र गुनासोको गाउँपालिकाले सम्बोधन गदै आएको र आगामी दिनमा सम्बोधन हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङले गाउँपालिका अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा समस्या, गुनासा भए निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न सहभागिमा अनुरोध गरिन् । पालिकाले कृषि, भेटेरेनरी, स्वास्थ्य शिक्षा, महिला अधिकारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताईन् । पालिकाले विभेद अन्त्यको लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको र गाउँघरमा पनि विभेदहरू कम हुँदै गएको बताईन् ।

कार्यक्रममा सहभागीहरुले उठाएका सवालका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, प्रशासकीय प्रमुख तथा विषयगत शाखा प्रमुखहरुले स्पष्टीकरण दिएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top