२०८१, १३ बैशाख बिहीबार

सहकारी भ्रमणः स्मरण

नारायण श्रेष्ठ     फाल्गुन ४ २०७९ २३:४६


narayan shrestha chairman sangam sacoss nuwakot

स्थानीय तह आफ्नो क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सहकारीहरु, जिल्ला सहकारी संघले स्थानीय सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने विशेष योजना निर्माण गरी आवश्यक रणनीति कार्य योजना अगाडि बढाउन आवश्यक देखिन्छ ।

सहकारी संघ संस्थाहरुको विकास र प्रबर्द्धन, आन्तरिक पर्यटन प्रबर्द्धनका लागि जिल्ला सहकारी संघ, विषयगत सहकारी संघका सञ्चालकहरु, सल्लाहकारहरुको समुह गत माघ २० गतेदेखि २५ गतेसम्म जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले पूर्वी नेपालको सहकारी संघ संस्थाहरु, धार्मिक तथा पर्यटकीयस्थलहरुको सहकारी भ्रमण कार्यक्रम आयोजना गरेको थियो । उक्त सहकारी भ्रमणले जिल्लामा रहेका सहकारी संघ संस्थाहरुलाई प्रतिस्पर्धी क्षमता विस्तार गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । साथै सहकारीहरुलाई उत्पादनमा क्षेत्रमा लाग्न प्रेरित गर्दै समग्रमा सहकारीमार्फत रोजगारी सिर्जना, उद्योग व्यवसायको, प्राविधिक शैक्षिक संस्था स्थापना, स्थानीय कच्चा पदार्थको उपयोग हुने अपेक्षा राखिएको छ ।

झिसमिसेमै खुल्ने आखाँ! सदाझैँ शिक्षण पेशामा लाग्न आतुर मनलाई केहि दिन थाती राख्दै, सहकारी भ्रमणलाई उपलब्धीमूलक बनाउन होमिएका पाईलाहरु जिल्ला सहकारी संघ विदुरमा रहेको भवनमा आईयो। भ्रमणको पहिलो दिन निर्धारित समय बिहान ६ः३० बजे तोकिएको थियो । सम्पुर्ण सहभागीहरु संघको भवन विदुरमा भेला भइ प्रस्थान गर्ने कार्यतालिका निर्धारण गरिएको थियो । उक्त कार्यतालिका बमोजिम अधिकांश सहभागीहरु निर्धारित समयमै भेला भइ जालपादेवी मन्दिरको त्रिशुली नदीको तिरैतिरको सडकमार्ग हुदैं अघि बढेको यात्रामा केहि सहभागीहरु गल्छीमा समाहित भएका थिए । भ्रमण दलमा जम्मा ३० जना सहभागीहरुको अन्तिम नामावली तयार गरी विभिन्न सहकारी संघ संस्थाहरुबाट प्रतिनिधिमूलक रुपमा सहभागी गरिएको थियो । संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सहभागीहरुको प्राथमिक उपचारका लागि आवश्यक केही औषधीहरु समेत खरीद गर्नुभएको थियो । संघका सचिव तथा भ्रमण संयोजक प्रकाशकुमार अधिकारीले पिउनेपानी र आवश्यक खानेकुरा सामाग्रीहरुको व्यवस्था गर्नुभएको थियो ।

पहिलो दिन (माघ २० गते, शुक्रबार)

विहान ६ः३० बजे पश्चात् भ्रमण टोली सुनसरीको ईटहरीतर्फ प्रस्थान गर्यो । यात्राको क्रममा विभिन्न सहभागीहरुबीच परिचय आदानप्रदान गर्दै सौहार्दपूर्ण वातावरणमा यात्रा सुरु भयो । यात्राको क्रममा धादिङको विशालटारमा पश्चिम दाङबाट आएको बस गाडी दुर्घटना भई करिब एक घण्टा सडक अवरुद्ध भएको थियो । उक्त समय बिहानी चियाखाजाको रुपमा सदुपयोग गरिएको थियो । बस यात्राको क्रममा सहभागी साथीहरु राजकुमार रेग्मी (सन्देश), धनकुमारी रिजाल, सिता भट्टराई, ईन्दिरा के.सि र रमेश श्रेष्ठको दोहोरी गीत प्रस्तुतीले यात्रा रमाइलो हुदैं गएको थियो । दिउँसो करिब १ बजे हेटौडा उपमहानगरपालिका–११ को लोथरको आशिर्वाद थकाली भान्छाघर एण्ड लज होटलमा खाना खाएका थियौं । खाना खाइवरि हामी पुनःयात्रा गन्तव्यस्थल सुनसरीको ईटहरी प्रस्थान गरेकेका थियौँ । बेलुकी करिव ७ः३० बजे पहिलो दिनको बसाईँ ईटहरीको गंगाजमुना होटलमा पुगेका थियौँ । उक्त होटलमा जिल्ला सहकारी संघ, नुवाकोटको सहकारी टिमलाई जिल्ला सहकारी संघ लि., सुनसरीका अध्यक्ष गंगा दाहाल र बचत तथा ऋण सहकारी संघ, सुनसरीका बरिष्ठ उपाध्यक्ष प्रल्हाद दाहालज्यूद्वारा खादा ओदाएर न्यानो स्वागत, अन्तरक्रिया तथा दुवै संघका अध्यक्षहरुले एकसमा मायाको चिनो आदानप्रदान गरेका थिए ।

दोश्रो दिन (माघ २१ गते, शनिबार)

दोश्रो दिन नेपालको प्रसिद्ध धार्मिकस्थल पाथीभरामाईको दर्शनको लागि ताप्लेजुङ्कको सानोफेदी पुग्नु थियो । सहभागी सहकारीकर्मीहरु अत्यन्तै उत्साहित देखिन्थे । सबै सहभागीहरु निर्धारित समयमै यात्राको लागि बिहान ६ बजे तयार भएर प्रस्थान गरेका थियौँ । चियानास्ता बिहान ९ बजे बिर्तामोडमा सकाएर मनोरञ्जन लिँदै गर्दै निर्धारित समयको चापको कारणले ईलामको मनोरमस्थल कन्यामको गाडीबाटै अवलोकन गरि करिव १०ः४५ वजे सूर्योदयो नगरपालिका–१० को ईलामको अर्को मनोरमस्थल फिक्कल पुगि दिउँसो १२ः१५ वजे खाना खाएका थियौँ । त्यसपछि बसयात्रा अगाडि बढ्दै १ः४४ बजे ईलाम बजार पुगेका थियौ । बेलुकी सन्ध्याकालीन ५ बजे पाँचथर फिदीमबजार पुगेका थियौ । राँके बजार, कावेली बजार हुदै राती ९ः४० बजे फुङलिङ नगरपालिका–५ ठूलोढुंगा, ताप्लेजुङ पुगेका थियौ । उक्त स्थानको होटल प्यारीजमा भ्रमण बस गाडी राख्यौ । चालक श्याम श्रेष्ठ र सहचालक पनि सोहि होटलमा बास बसेको थियो । त्यसपछि सानो ३ वटा ल्याण्डकुजर गाडीमा १ घण्टाको यात्रामा सहभागी ३० जना पाथीभरामाईको मन्दिर जाने सिँढीमा रहेको स्थान सानो (तल्लो) काफ्ले फेदीँमा राती ११ बजे पुगेका थियौ । करिब ३८०० मिटरको उचाईमा पुग्दा चिसो अत्यन्तै बढेको थियो । सबै सहभागीहरुलाई कोठा व्यवस्था गरि करिब १ घण्टापछि खाना खाई आराम गरि सुत्न लाग्यौ ।

तेश्रो दिन (माघ २२ गते, आईतबार)

तेश्रो दिन सहभागीहरुको लागि विशेष खुशी र सौभाग्य पाथीभरा माईको दर्शनको लागि उहाँको सामिप्यमा साक्षात्कार हुने दिन थियो । बिहान करिब ६ः३५मा पैदल यात्रा सुरु गरि ७ः५५ मा ठूलो फेदीको पाथीभरामाई दर्शन गर्दै ताप्लेजुङको पाथीभरा मन्दिरमा पुगियो । दुई दिनको नियमित बसको यात्रामार्फत हाम्रो ३० जनाको टोली ३ देखि ६ घण्टाको पैदल यात्रा काफ्ले फेदीबाट ३७९४ मिटर उचाई रहेको करिब ४.५ किलोमिटरको ठाडो उकालो पार गर्दै पाथीभरामाइको मन्दिरको यात्रा अत्यन्तै रोमाञ्चक र स्मरणीय रहेको थियो । स्थानीय स्रोेतसाधन सामाग्री प्रयोग गरिएका सुन्दर मनोरम प्राकृतिक गोरेटो बाटो ५०० मिटरको फरकमा रहेका डष्टविन, शौचालय र प्रतिक्षालयको साथमा सुन्दर प्राकृति वातावरण, वनपैदावार, स्थानिय जीवनशैली, एकआपसको सहयोग सहकार्य र जिम्मेवारी बोधले हाम्रो यात्रालाई झनै उत्कृष्ट र मनोरम बनाएको थियो ।

पाथीभरा माईको दर्शन गरि सकेपछि दिउँसो पहिलो टोली १२ः१५ फिर्ती भयौं ,सवै सहभागीहरु करिव २ः१५ देखि ५ः०० घण्टामा सानो फेदीमा र १ घण्टाको दूरीमा पर्ने फुङलिङ न.पा–५ ठूलोढुंगा,ताप्लेजुङको होटल प्यारीजमा वेलुका करिव ७ः०० सम्म हामी सवै फर्किसकेका थियौ ।सवै सहभागीहरु थकित भएको हुदा हामी सोहि होटलमा खाना खाएर वास वसेका थियौ ।

चौथो दिन (माघ २३ गते, सोमबार)

चौथो दिनको यात्रा फुङलिङ नगरपालिका–५ ठूलोढुंगा, ताप्लेजुङबाट बिहान ६ बजे झापाको बिर्तामोडतर्फ प्रस्थान गर्यो । जिल्ला सहकारी संघ ताप्लेजुङका अध्यक्ष तामन सिग्देल ज्यूसँगको शुभ बिहानी भेटघाट भएको थियो । चियानास्ता हिलिहाङ–१, भालुचोकमा बिहान ९ बजे र दिउँसो २ बजे ईलाम र पाँचथरको सिमाना राँके बजारमा खाना खाएका थिर्यौ । बेलुका ५ः५० मा ईलामको मनोरम पर्यटकियस्थल कन्याम पुग्यौ र करिव १ घण्टा समय व्यतित गरि अवलोकन गरि पुनःयात्रा अगाडी बढ्यौ । यस दिन हामी विर्तामोड झापामा रहेको बिर्ता ग्रीन प्यालेस होटलमा सुस्तायौ ।

पाँचौं दिन (माघ २३ गते, मंगलबार)

भ्रमणको चौथो दिन बिहान ६ः४५ बजे यात्रागरी ४० मिनेटमा पुगिने नेपाल र भारतको सिमाना काकडभित्ता मेचीनगर पुल र भारतको पानीट्यॉँकी बजार र रेलयातायातको अवलोकन गर्यौ । तत्पश्चात हामी सहारा नेपाल (साकोस), बिर्तामोड– २, चारपाते, झापाको सहकारी अवलोकनका लागि पुगेका थियौ । उक्त साकोसका निर्देशक लक्ष्मण खतिवडा र शिक्षा तथा तालिम संयोजक मातृका सुवेदी ज्यूद्वारा सहभागीहरुलाई न्यानो स्वागत, समग्र साकोस बारेमा जानकारी तथा अन्तरक्रियात्मक कार्यक्रम गर्नुभएका थियो ।

उक्त साकोस २०५२ मा स्थापना भएको, आ.व २०७८/७९ मा सेयर सदस्य संख्या १ लाख ५९ हजार ७७८ जना, कर्मचारी संख्या ५१५ जना, सेयरपूँजी रु.१ अर्ब ६३ करोड १६ लाख १६ हजार, विभिन्न जिल्लाहरु (झापा, मोरङ, सुनसरी, ईलाम, पॉचथर, उदयपुर)मा ७९ सदस्य सेवा केन्द्रहरु, कुल कारोबार वित्तीयस्थिति विवरण अनुसार रु.१५ अरब ३८ करोड ६६ लाख २३ हजार ९ सय ७५ रुपैया रहेको, एक्सेस कार्यक्रम, मोबाइल वैंकिङ्ग, शिक्षा तथा तालिम, कोभिड महामारीमा सहकारकिो भूमिका, लघुवित्त कार्यक्रम, प्रविधि सुरक्षाको बारेमा जानकारी हासिल गरियो ।

यसबाट पक्कै सहकारी संस्थाको प्रबर्द्धन, सामाजिक उत्तरदायित्व, स्थानीय र प्रदेश सरकारसँग सहयोग र समन्वयमा गर्न सकिने समाजका व्यक्तिहरु र सदस्य सेवामा सहयोगी हुने कार्यक्रमहरुबारे सिक्ने अवसर प्राप्त गर्यौ । उक्त अवसरमा संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले आभार तथा धन्यवाद ज्ञापन र एक आपसमा मायाको चिनो आदानप्रदान गर्नुभएको थियो । दिउँसो १२ः३० मा यात्रा अगाडी बढेको थियो । करिब २ः१२ बजे ईटहरीको आशिर्वाद (पुरानो स्यार्सेकाली होटलमा) खाना खाएका थियौँ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य शिव डाँगीज्यूसँग सहकारी समसामयिक तथा ईटहरीमा प्राविधिक शिक्षा सहकारमार्फत खोली सञ्चालन भइरहेको महत्वपूर्ण जानकारी प्राप्त गरेका थियो । सो भेट अवसरमा संघका अध्यक्षज्यूद्वारा उहाँलाई मायाको चिनो प्रदान गरिएको थियो । सोही दिने भ्रमण टोली महोत्तरीको बर्दिवास, होटल रिसोनामा आई बास बसेका थियौं ।

छैठौं दिन (माघ २४ गते, बुधबार)

भ्रमणको छैठौँ दिन/फर्किने दिन जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकको अवलोकन र अन्तरक्रियाको लागि समय तय गरिएको थियो । बर्दिबासबाट विपी राजमार्ग बर्दिबास–बनेपा हुँदै दिउँसो २ः४० मा जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकले सञ्चालन गरेको कृषि उपज संकलन तथा बजार निर्माणाधिन भवन तथा संघको बचत तथा ऋण कारोवार अवलोकन तथा अन्तरक्रिया गरियो । सो अवसरमा दुवै संघका अध्यक्ष ज्यूद्वारा मायाको चिनो आदानप्रदान गरिएको थियो ।

उक्त संघमा सेयर सदस्य संख्या ५४, सेयरपूँजी रु.२ करोड २८ लाख ३८ हजार ६ सय, कुल कारोबार वित्तीय स्थिति विवरण अनुसार ४० करोड ७९ लाख २९ हजार र ६६ पैसा रहेका, माघ २८ गते एकदिने काभे्रपलाञ्चोक जिल्लामा सञ्चालित सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको जिल्लास्तरीय गोष्ठी आयोजना (अहिले सम्पन्न भईसकेका) गर्न लागेको बारेमा जानकारी हासिल गरियो ।

त्यसपछि हाम्रो यात्रा काठमाण्डौ, टोखा, शिवपुरी, छहरे, ढिकुरे, गंगटे, बट्टार, विदुर र त्रिशूलीबजार हुँदै सहभागीहरु आ–आफ्नो गन्तव्य स्थलमा ओर्लिदै बेलुका ८ः३० बजे पाथीभरामाई दर्शन कृपाले र सहयोगले भ्रमण सफलतापूर्वक सम्पन्न भयो ।

समिक्षा कार्यक्रम र निष्कर्ष

यस जिल्ला सहकारी संघाबाट आयोजना गरिएको सहकारी भ्रमणको समिक्षा कार्यक्रम बनेपापछि यात्रामै भएको थियो । समिक्षाको क्रममा सहभागीहरुले भ्रमण निकै नै सफल र फलदायी रहेको पाथीभरामाई दर्शन तथा उत्कृष्ट सहकारी संघ तथा संस्थाहरु अवलोकन तथा सिकाई अवसर प्रदान गरेको भन्दै संघका अध्यक्ष गोकर्णनाथ न्यौपाने र भ्रमण संयोजक सचिव प्रकाशकुमार अधिकारी प्रति धन्यवाद् ज्ञापन व्यक्त गरेका थिए ।

बाह्य र आन्तरिक धार्मिक पर्यटकलाई आकर्षण गरेर स्थानीयस्तरमै जनताको आर्थिकस्थिति बलियो बनाउन सक्नेछौं । जिल्लामा रहेका १२ वटै स्थानीय तहहरुले नीतिगत रुपमा बहुलक्षित उदेश्यका साथ १/१ ओटा स्थानलाई प्रमुख पर्यटक गन्तव्यस्थलको रुपमा विकास गर्न सके जिल्ला समग्र आर्थिक समृद्धितर्फ अघि बढ्नेमा दुईमत नहोला ।

अन्त्यमा, हाम्रो नुवाकोट जिल्लामा थुप्रै त्यस्ता आकर्षक धार्मिक, ऐतिहासिक, पर्यटकीय र अन्य सम्भावित स्थलहरु छन् । जहाँ बाह्य र आन्तरिक धार्मिक पर्यटकलाई आकर्षण गरेर स्थानीयस्तरमै जनताको आर्थिकस्थिति बलियो बनाउन सक्नेछौं । जिल्लामा रहेका १२ वटै स्थानीय तहहरुले नीतिगत रुपमा बहुलक्षित उदेश्यका साथ १/१ ओटा स्थानलाई प्रमुख पर्यटक गन्तव्यस्थलको रुपमा विकास गर्न सके जिल्ला समग्र आर्थिक समृद्धितर्फ अघि बढ्नेमा दुईमत नहोला । त्यसको लागि सम्बन्धित स्थानीय तह आफ्नो क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सहकारीहरु, जिल्ला सहकारी संघले स्थानीय सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने विशेष योजना निर्माण गरी आवश्यक रणनीति कार्य योजना अगाडि बढाउन आवश्यक देखिन्छ । जसले गर्दा विभिन्न उदेश्यमा सञ्चालित सहकारीहरुको लक्ष्य, उदेश्य, मूल्य र मान्यतामा पूर्ति गर्न र संस्थाको निरन्तता, महत्व, उत्तरदायी भूमिकाले समाज, स्थानीय तह, जिल्ला र राष्ट्रमा टेवा पुर्याउने छ ।

अतः नुवाकोट जिल्लाका सहकारी संस्थाहरुले सहारा साकोसबाट आर्जन गरेको ज्ञान र सिकाई आ–आफ्नो सहकारीमा गर्न सकेमा समाज र सेयर सदस्यहरुको हितमा पक्कै कार्य गर्न सकिने देखिन्छ । सहकारीको सिद्धान्त अनुरुप पनि सहकारीमा निरन्तर शिक्षा तथा सुचनालाई कार्यान्वयन गर्न यस्ता भ्रमण फलदायी हुनेछ । आफ्ना सदस्यहरुलाई सुसुचित र प्रशिक्षित गर्न यस्ता खाले भ्रमण तथा अवलोकनको आयोजना सहकारी संस्थाहरुले गर्नुपर्ने देखिन्छ ।

लेखक जिल्ला सहकारी संघ लि.,नुवाकोटका लेखा संयोजक, संगम साकोस, बट्टार, नुवाकोटका अध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., नुवाकोटका सल्लाहकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top