२०८१, १३ बैशाख बिहीबार

नुवाकोट महोत्सव: जिल्लास्तरीय लाखे नाचमा बट्टार प्रथम

डबली खबर     फाल्गुन ४ २०७९ २०:१२

District Level Lakhey Dance Winer Battar Team
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पिपलटार – जारी सातौँ नुवाकोट महोत्सवमा आज भएको जिल्लास्तरीय लाखे नाच प्रतियोगितामा बट्टार लाखे समुह प्रथम भएका छन् ।

जिल्लाभर रहेका लाखे संस्कृतिको सम्बर्द्धनको लागि आयोजित प्रतियोगितामा पिपलटार लाखे समुह द्वितीय, बेलकोटगढी लाखे समिति तृतीय भएका छन् । यस्तै, विदुरबाट दुई समुहले सहभागिता लिएकोमा विदुर लाखे समुह र विदुर शिवालय टोल लाखे समुहद्वयले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेताले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५/५ हजार नगद पुरस्कार प्राप्त गरेको लाखे नाचका निर्णायक मण्डलका संयोजक नरेन्द्र प्रधानले जानकारी दिए ।

बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवम् नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्तरुपमा विजेताहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् ।

लाखेको पहिचान र नुवाकोट महोत्सवको प्रबर्द्धनका लागि लाखे नाच प्रतियोगिता उपसमितिका संयोजक तथा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top