+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशुलीमा “सुजिम बजार”को शाखा विस्तार

sujim bajar inauguration
डबली खबर
३ साल अगाडी

नुवाकोट – सुजिम बजारले त्रिशुलीमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको छ । शनिबार एक कार्यक्रमबीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उक्त बजारको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले निजी क्षेत्रलाई स्थानीय सरकारले अघि बढाएको सार्वजनिक साझेदारी अवधारणा अन्तर्गत निजीलाई सँगसँगै लिएरमात्र राष्ट्रको विकास सम्भव हुने भएकोले स्वस्थ निजी क्षेत्रलाई प्रवर्द्धन गराएर कलकारखाना, उद्योग भित्याउन सक्षम रहने नगरप्रमुख श्रेष्ठले बताए । सुजिम जिल्लामा मात्र सिमित नभई राष्ट्रियस्तरको ब्राण्डमा विकास हुन शुभकामना व्यक्त गरेका छन् ।

कोलनीमा मुख्य कार्यालय रहेको सुजिमले उपभोक्ताको जीवनशैलीलाई ध्यानमा दिएर आधुनिक प्रविधिसहितको सामाग्री किनमेल गर्ने विकासको लागि शाखा विस्तार गरिएको बजारका प्रबन्धक सुजिम श्रेष्ठले बताए । निकट भविष्यमा जिल्लाका मुख्य बजार क्षेत्रमा आफ्नो शाखा विस्तार गर्ने लक्ष्य छ । स्थानीय तथा स्वदेशी उत्पादन सामाग्रीलाई प्राथमिकतामा राखेका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न ब्राण्डका चार हजारभन्दा बढीका सामानहरु सुजिममा रहेको उनले जानकारी दिए ।

नगरप्रमुख श्रेष्ठद्वारा डिजिटल भुक्तानी गरी कारोबारको सुरुवात् गर्दै | तस्विर: सुनील श्रेष्ठ

नुवाकोट, रसुवा र धादिङका उपभोक्ताहरुलाई व्यवसायिकमार्फत् उपभोग्य समान उपलब्ध गराउँदै आईरहेका जिल्लाकै प्रतिष्ठित व्यापारी शुक्रमान श्रेष्ठका तीन छोराहरुको नाम सुवर्ण, जीतेन्द्र र महेन्द्रको पहिलो अक्षरबाट सुजिम नाम रहन गएको सुजिम बजारका कार्यकारी निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

बजारको आकर्षक ठाउँमा रहेको भुइँतल्लादेखि चौथौं तल्लासम्म बालबालिका, महिला र पुरुषको लागि आवश्यक खाद्य, पिय पदार्थ, शृंगार लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सामाग्रीहरु छन् ।

शुभारम्भको अवसरमा निश्चित सामानहरुमा १० देखि २० प्रतिशतसम्मको छुटको व्यवस्था रहेको छ ।

सुजिममा नगदसहित फोनपे, क्युआर र क्रेडिट तथा डेबिट कार्डद्वारा बिल भुक्तानी गर्न सकिने सुविधा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ