२०८१, ११ बैशाख मंगलवार

महोत्सवमा निषेधित चिठ्ठा व्यापार, प्रसाशन अनविज्ञ

डबली खबर     माघ २७ २०७९ २१:००

bumper prize game in nuwakot mahotsav
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट महोत्सवका तीन स्टलमा उपहार र चिठ्ठाको नाममा जुवा खेलाईएको छ । उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका तीन सय स्टलमध्ये सो स्टलमा निषेधित चिठ्ठा व्यापार गरिएको भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा १७ बुँदे शर्तसहित महोत्सव गर्न अनुमति पाईएकोमा पहिलो दिनदेखिनै आयोजकले अटेरीपन देखाएको हो ।

महोत्सव सञ्चालनको लागि प्रशासनद्वारा जारी अनुमति पत्रको बुदाँ नम्बर २ मा “जुवा, तास अन्य खेलहरु खेलाउन पाईने छैन” उल्लेख छ ।

शुक्रबारदेखि सुरु भएको महोत्सवमा कानुनी रुपमा चिठ्ठा सञ्चालन गर्नका लागि प्रशासनबाट कुनै पनि किसिमको कानुनी इजाजत नलिएतापनि तीन स्टलमा भने चिठ्ठालाई आयोजकले अनुमति दिएको देखिएको छ ।

भाग्य परीक्षा, उपहारको नाममा राखिएको स्टलमा ५० रुपैयाको टिकट काटेर नम्बर लिन लगाउने र लिएको नम्बरमा तीरद्वारा निशाना लगाउँदा “परे पुरस्कार नपरे नमस्कार” भन्दै पठाउने गरेको पाईएको हो ।

चिठ्ठा खेलाईदा प्रशाशन भने अनविज्ञ भएको पाईएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top