२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

नुवाकोटमा नागरिकता प्रतिलिपि लिनेको संख्या तेब्बर बढ्यो

सुनील श्रेष्ठ     माघ १७ २०७९ २१:१०


The number of taking citizenship copies increased in Nuwakot

विदुर – नुवाकोटमा नयाँ नागरिकता लिने भन्दा प्रतिलिपि लिनेको संख्यामा तेब्बर वृद्धि भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको त्रैमासिक स्वत: प्रकाशनअनुसार गत कार्तिकदेखि पुष महिनासम्ममा २ हजार ५८९ जनाले नागरिकता प्रतिलिपि लिएका छन् ।

तथ्यांकअनुसार दोस्रो त्रैमासिकको कार्तिकमा ८९९, मङ्सिरमा ८१९ र पुषमा ८७१ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । आव २०७९/०८० को पहिलो त्रैमासिक साउनदेखि असोज महिनासम्ममा ८०२ जनाले नागरिकता प्रतिलिपि लिएका थिए ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले मुख्यतया: राष्ट्रिय परिचयपत्र, राहदानी, बसाँईसराई, सामाजिक सुरक्षा भत्ता, सम्बन्धविच्छेद, जन्मदर्ता अनुसार शैक्षिक संस्थाको अभिलेखिकरण लगायतका विषयले गर्दा नागरिकता प्रतिलिपि लिनेको संख्या वृद्धि भएको बताए । वैदेशिक रोजगार, विदेशमा रहेका सन्तानले आफ्ना आमाबुबालाई विदेश लाने प्रयोजनको लागि राहदानी बनाउँदा, सामाजिक सुरक्षा भत्ताको लिने प्रक्रियागत क्रममा पहिलेनै लिएका नागरिकता पुरानो हुने, फोटो नचिने, अक्षर अस्पष्ट लगायतका कारणले प्रतिलिपि लिनेको संख्या बढेको उनले बताए ।

सेवाग्राहीले नागरिकताको जतन नगरेको एकातिर छ भने अर्कोतिर नयाँ नागरिकता लिई हाले तापनि कार्यालयबाट प्रिन्ट गरिएको नागरिकताको प्रमाणपत्र प्लास्टिकको खोलमा राख्दा यस्तो प्राविधिक समस्या आउने गरेको उनले बताए । यस्तो समस्या नुवाकोटमा मात्र नभई देशभरकै प्रशासन र नागरिकता प्रदान गर्ने इलाका कार्यालयमा रहेको बताए ।

कार्यालयका प्रशासकीय अधिकृत सुरेश खतिवडाले राष्ट्रिय परिचयपत्रमा नागरिकता सक्कलनै स्क्यान गर्नुपर्ने प्रावधान रहेकोले पुराना, झुत्रो, केरमेट भएको, अक्षर अस्पष्ट, नागरिकता जारी मिति नबुझिने नागरिकता राखेर स्क्यान गर्न नमिल्ने हुनाले दिनहुँ नयाँ प्रतिलिपि लिनेको संख्यामा वृद्धि भएको बताए ।

उनी थप्छन्, “नागरिकताको गुणस्तरको प्राविधिक पक्षमा सुधारको एक पक्ष त छँदैछ, तर नागरिकले पनि नागरिकता बनाउनको लागि खिचिएको फोटो उच्च गुणस्तरको छपाई नहुने र नागरिकता सुरक्षित राख्न नसक्नाले प्रतिलिपि लिने बढेको हो ।

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनुसूची फारममा पूरा विवरण भरी गाउँपालिका/नगरपालिकाका वडाको सिफारिसमा नागरिकता प्रमाणपत्र नम्बर वा जारी मिति खुलेको भएमा हालसालै खिचिएको दुवै कान देखिने अटो साइजको फोटो २ प्रति नागरिकताको प्रतिलिपि लिने पाईने व्यवस्था छ । यस्तै, बसाईंसराईं गरी आएका अन्य जिल्लाहरूबाट नागरिकता प्रमाणपत्र लिएका व्यक्तिका हकमा बसाईंसराईं दर्ताको प्रमाणपत्र, विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाणपत्र र विवाहदर्ता प्रमाणपत्र र पति वा एकाघरको ससुरा वा सासू वा जेठाजु वा देवरको नाता खुल्ने प्रमाण सहित सनाखत, दलितहरूको थर परिवर्तन गर्नु परेमा राष्ट्रिय दलित आयोगबाट प्रकाशित थर सूचीमा रहेको थर बमोजिम हुनेगरी वडा कार्यालयको यकीन सिफारिसको आधारमा नागरिकताको प्रतिलिपि लिने व्यवस्था छ ।

दैनिक ५०/५० जनाको हाराहारीमा नयाँ नागरिकता लिने र प्रतिलिपि लिने रहने नागरिकता फाँटका कम्प्युटर अपरेटर सरस्वती थापाले जानकारी दिईन् । आमाबुबाको विवरण संशोधन, विवाहितको हकमा पतिको नाम र सम्बन्धविच्छेदको हकमा पतिको नाम हटाउने लगायतका समस्या लिएर नागरिकताको प्रतिलिपि लिनेको संख्या बढेको उनले बताइन् ।

दुप्चेश्वर गाउँपालिका-२ का श्यामबहादुर तामाङले आफ्नो नागरिकताको नम्बर केरमेट र अक्षर अस्पष्ट भएकोले नागरिकता प्रतिलिपि लिन आएको बताए । “राष्ट्रिय परिचयपत्र बनाउन आईतबार आएको थिएँ, तर नागरिकता पुरानो र केरमेट भएकोले स्क्यान गर्न मानेन, अनि नयाँ नागरिकता बनाउन आज फेरी सदरमुकाम आएको हुँ ।

यस्तै, कार्यालयको प्रविवेदनअनुसार जिल्लामा वंशजको आधारमा नयाँ नागरिकता लिनेमा २ हजार १४७ जना रहेका भने ४ हजार ३५९ जनाले राहदानीको लागि आवेदन दिएकोमा ३ हजार २६६ जनालाई राहदानी वितरण गरिएको जनाएको छ ।

चालुआर्थिक वर्षको दोस्रो त्रैमासिकमा कार्यालयबाट ५ हजार ४८९ राष्ट्रिय परिचयपत्र र ७९ वटा नाबालक परिचयपत्र जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले फेसबुकमा २०७७ वैशाख २२ गते फेला परेको नागरिकतालाई आधार मानेर प्रतिलिपि लिईनुको प्रमुख कारण मध्ये प्रतिलिपि नमुना यस प्रकार रहेको छ;

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया



Top