+
Search

ताजा अपडेट +

पपुलर +

ढुंगेमा खुल्यो आईटी सोलुसन

sulakshana it solution dhunge yangra plaza
डबली खबर
३ साल अगाडी

नुवाकोट – विदुर नगरपालिकाको याँग्रा प्लाजा ढुंगेमा सुलक्षणा आईटी सोलुसन खुलेको छ ।

नुवाकोट र रसुवाको लागि दावा ब्राण्डका सिसिटिभी क्यामेराका आधिकारिक बिक्रेता रहेको उक्त पसलको बिहिबारदेखि सञ्चालनमा आएको हो ।

विगत ९ वर्षदेखि हातिगौडामा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका व्यवसायी दाजुभाइ सुदिप श्रेष्ठ र सबिन श्रेष्ठले सो पसल सञ्चालनमा ल्याएका हुन् ।

पसलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवश्यक सामाग्री, सिसिटिभी क्यामेरा, मनिटर, कम्प्युटर सम्बन्धि सम्पूर्ण सामग्री, इलेक्ट्रोनिक डोर लक, हिटर, इलेक्टोनिक्स म्याक्स ब्राण्डका सामाग्री, डेल ब्राण्डका ल्यापटप तथा डेक्सटप, प्रिन्टर मेसिन लगायतका सामानहरु उपलब्ध हुने सञ्चालक सुदिप श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पसलमा विभिन्न कम्पनीको थोक र खुद्रा ल्याप्टप तथा डेस्कटपसँगै इलेक्ट्रोनिक्स समानहरु सुपथ मूल्यमा उपलव्ध रहेको छ। डिजिटल गेमिङका सामग्रीहरू, नेटवर्किङका सामग्रीहरू र विभिन्न ग्याजेटहरु पनि उपलब्ध रहेको उनले बताए ।

पसलमा क्ल्याउडमा आधारित इलेक्ट्रोनिक लेखाप्रणालीबाट बिलिङ गरिने उनले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ