२०८१, १३ बैशाख बिहीबार

उद्घाटन खेलमा जेडीको जित

डबली खबर     माघ ६ २०७९ १६:५७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बट्टार – दोस्रो संस्करणको दोस्रो एनयुएफसी अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरू भएको छ।

नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामा सुरू भएको अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिताको  विदुर पालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरेका हुन्।

उद्घाटन खेलमा छात्रतर्फ रणभुमेश्वरी माविलाई ट्राईब्रेकरमा ४-५ ले हराउँदै जेडी बोर्डिङ स्कूल विजयी भएको हो।

पहिलो हाफमा कुनै पनि गोल हुन नसकेको थिएन । दोस्रो हाफमा दुवै टिमबाट समान १/१ गोल भएको थियो ।

खेलमा जेडीका जर्सी नम्बर १० का युकेश पनेरु म्यान अफ दि म्याच घोषित भए ।

खेलमा जेडीका जर्सी नम्बर १५ र १७ का खेलाडीले १/१ वटा पहेंलो कार्ड पाए ।

प्रतियोगितामा छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमश: २५ हजार र १५ हजार रुपैयाँ नगदराशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए । यस्तै, छात्रातर्फ प्रथम र द्वितीय हुनेले क्रमश: १० हजार र ५ हजार रुपैयाँ नगदराशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

खेलभरबाट अनुशासित टिम, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक छनौट गरी मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता लिककम नकआउट वा नकआउट प्रणालीअनुसार खेलाईएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top