विदुर – नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा यहि माघ ६ गतेदेखि दोस्रो एनयुएफसी छात्र तथा छात्रा अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमश: २५ हजार र १५ हजार रुपैयाँ नगदराशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए । यस्तै, छात्रातर्फ प्रथम र द्वितीय हुनेले क्रमश: १० हजार र ५ हजार रुपैयाँ नगदराशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता लिककम नकआउट वा नकआउट प्रणालीअनुसार खेलाईनेछ ।
प्रतियोगितामा टिम सहभागिता दर्ताको अन्तिम समयावधि माघ ३ गतेसम्म रहेको छ। दर्ता शुल्क छात्रतर्फ ५ हजार ५०० र छात्रातर्फ ३ हजार ५०० रूपैयाँ लाग्नेछ भने टिममा खेलाडी ११ जना हुनुपर्नेछ ।
खेलभरबाट अनुशासित टिम, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक छनौट गरी मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा आवेदनको लागि फाराम डाउनलोड गर्न यहाँ क्लिक वा ट्याब गर्नुहोस् ।

प्रतिक्रिया