२०८०, १६ चैत्र शुक्रबार

गोरखामा शाहवंशीय शासनकाल

श्रीराम श्रेष्ठ     कार्तिक २४ २०७९ १३:०२

gorakha shah history shreeram shrestha
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नेपालका शाह बंशीय राजाहरूको पुख्यौली थलो राजस्थानको चितौडगढ भनिन्छ । मुस्लिमहरूको आक्रमणलाई सामना गर्न नसकि ज्यान जोगाउन भागेर नेपाल आएका थिए । चितौडगढका संस्थापक राजा चन्द्रबंशी भट्टारक ऋषिराज राणाजी हुन् । भट्टारक ऋषी राणाजी पछि सोही बंशका ३३ औं राजा भूपति राणाजी रावका तीन छोरा उदयबम, फत्तेसिंह र मन्मय नामका छोरा थिए । चितौडगढमा भएको एक युद्वमा राजा भूपतिराणा रावका छोरा फत्तेसिंह र अन्य धेरै मारिए । भूपाल नेपाल छिर्ने क्रममा रिडी हुँदै खिलुङ ढोडमा गए । भीरकोट , सतहुँ र गह्रौलाई उनले कब्जामा लिएर राज्य सञ्चालन गरे ।

शाह बंशीय बंशावली अनुसार शाहका पूर्खा जयन खान र मिन्चा खान हो । हरिकरसिंह खान,सुर्य खान, मेदिनी खान, किनु खान, रूपा खान, अनन्त खान, अनिरूद्र खान, महेश्वर खान, इन्द्रभूपाल खान, पृथ्वीभूपाल खान, हरिकृष्ण खान, पुयम्वर खान, ललितबहादुर खान, तामाध्वज खान, तारकबहादुर शाह, ऋषिकेश शाहहरू नेपालको बाइसे चौबिसे राज्यमा बिभाजित राजाहरू थिए । शाह बंशले लडाइ युद्व नै नगरी रिडी क्षेत्रको राज्य नियन्त्रण लिएका थिए । शाहबंशले आफ्नो प्रभूत्व देखाएको क्षेत्र भनेको गण्डकी क्षेत्र हो । गण्डक क्षेत्र अन्तर्गत स्याङ्जाको नुवाकोटमा मिचा खानले राज्य चलाएका थिए ।

गोरखा राज्यको इतिहास बुझ्नका लागि पूर्वकालमा घटेका राजनैतिक घटना क्रमलाई बुझ्नु पर्दछ । लमजुङका राजा नरहरि शाहका कान्छा भाइ थिए द्रब्य शाह । आफ्ना दाई जस्तै राजा बन्ने लालहित थिए । द्रव्य शाह गोरखाकै राजा बन्ने सोचमा थिए । गोरखा विजयी गर्न लिगलिग आफ्नो अधिनमा राख्न पर्ने अति आवश्यक थियो । लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरूले राज्य गर्दथे । प्रत्येक वर्ष विजया दशमीको दिन दौड प्रतियोगीता गराउथे । जो दौडमा पहिलो हुन्थ्यो एक वर्षका लागि राजा चुनिन्थ्यो । दुई कोषको दौडमा सबै जना दौडन पाइन्थ्यो । उक्त दौड प्रतियोगिता वि.स. १६०४ को विजया दशमीका दिनदेखि सुरू भएको रहेछ । पहिलो लिगलिगका दौड प्रतियोगितामा २० बर्षे दलसुरे घलेले जितेका थिए । उक्त दौड हेर्न लमजुङका राजा यशोबह्रमा शाहका छोरा द्रब्य शाहले त्यहाँ पुगी अप्रत्याशित रूपमा आक्रमण गरी लिगलिग राज्य नै प्रभूत्व कायम गर्न सफल भए । लमजुङ र गोरखा बीचको महत्वपूर्ण सामरिका स्थल भएकाले राज्य अर्थात् किल्लालाई बलियो बनाउनु थियो । लिगलिगमा द्रब्य शाहले दरबार बनाउन लगाए । एक वर्ष लिगलिगमा रहेर शासन गरे । उनी राजा भएपछि पहिलो बर्ष लिगलिग राज्यमा दौड प्रतियोगिता भएन । लिगलिग राज्य विजयी भएपछि उनमा नैतिक बल बढ्यो । गोरखा राज्यमा खड्का र घलेराजाहरूको अब्यबहारिक गतिबिधिका कारणले गर्दा नै त्यस राज्यका भारदार र जनताहरू आजित थिए । गोरखाको आन्तरिक विद्रोहीहरूको सहयोगमा द्रब्य शाहले गोरखा माथि आक्रमण गरे । उनले १५ दिनसम्म भएको युद्वमा विजयी प्राप्त गर्न सकेन । दोस्रो पटक बाक्लै सेनाद्वारा गोरखा दरबार घेरी आव्रmमण गरे । त्यस युद्वमा द्रव्य शाहलाई सहयोग गर्ने भारदारहरू थिए – गणेश पाडे, भागीरथ पन्त, नारायण अज्र्याल, गङ्गाराम राना भूषाल, केशव बोहरा, मूर्ति खवास, सर्बेश्वर खनाल आदि । युद्वमा द्रब्य शाहको हतियारले खड्का राजाले वीरगति प्राप्त गरे । वि.सं. १६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए । गोरखाका पहिलो शाहवंशका राजा नै द्रव्य शाह हुन् । द्रव्य शाहले गोरखा राज्य स्थापना गरेपछि उनी र उनका दाजु लमजुङका राजा नरहरि शाहबीच विवाद भयो । दाजु नरहरिले गोरखालाई लमजुङमा गाभ्नु पर्ने प्रस्तावलाई भाइ द्रव्य शाहले अस्वीकार गरे । लामो समयसम्म लमजुङ र गोरखाबीच विवाद र शत्रुता रह्यो । लमजुङले द्रव्य शाहलाई हत्या गर्नुका साथै गोरखा माथि पटक पटक आक्रमण गर्ने प्रयास गरे तर सफल हुन सकेन । दुबै राजाका आमा राजमाता बसन्त वलीले दूध पोखरीको चेपे नदीमा आफ्नो दूधको धारा बगाई सीमा छुट्याइदिएको किवदन्ति छ ।

द्रव्य शाहपछि पुरनहर शाह, छत्र शाह, राम शाह, डम्मर शाह, कृष्ण शाह, पृथ्वीपति शाह, नरभूपाल शाह र पृथ्वीनारायण शाहहरुले राजा बनी गोरखामा शासन चलाएका थिए । पुरन्दर शाहका छोरा र राजा छत्र शाहका भाइ गोरखाको चौथो राजा हुन् । दाई छत्र शाहले राजाको पद त्याग गरेपछि राम शाह राजा घोषित भएका थिए । यिनले १६६३ देखि १६९० अर्थात् २७ वर्ष राजा भएर शासन चलाए । आफ्नो सामाजिक सुधार र कडा कानुन व्यवस्थाका लागि लोकप्रिय राम शाह धर्मी, दयालु र धार्मिक थिए भनिन्छ । उनले समाजमा आधुनिक नाप्ने यन्त्र प्राणालीलाई तुरून्त प्रयोगमा ल्याए । ढक, तराजु, माना,पाथी, मूरी , दाम, पैसाको प्रचलन चलाए । जिन्सिमा २५ प्रतिशत र नगदमा १० प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने नियम बसाले । गोरखा राज्यको वर्तमान अवस्था र सामाजिक न्यायको ब्यबस्था समुचित ढङ्गले गर्न भ्याएका उनले स्थानीय स्तरमा जनजातीय द्वन्द भएको अबस्थामा स्थानीय जनप्रतिनिधिले नियमावलीमा छलफल गरी टुङ्गो लगाउन लगाउँथे । आफ्नो राज्य भित्रका घरको धुरीबाट धुँवा नआएमा तत्काल अन्न र आवश्यक खानपानको ब्यबस्था गर्थे । लकाङ, मिर्कोट, देउराली, धुँवाकोट, चाङ्ली, मझुवा, अठारसय खोला आदिलाई गाभेर रामशाहले गोरखालाई बलियो र स्थिर बनाएका थिए । धर्मकर्ममा आस्थावान भएका कारणले यिनले १६७१ मा गोरखाको पोखरी थोकमा मुरली नारायणको मन्दिर वि.सं. १६८३ मा रामेश्वर मन्दिर स्थापना ग्राएका थिए ।

उनले आफ्नो राज्यलाई पूर्वतर्फ त्रिशूली नदी, पश्चिमतर्फ मस्याङ्दी उत्तरतर्फ रसुवा र पश्चिमतर्र्फ महाभारत पर्वत श्रृखलासम्म विस्तार गर्न सफल भए । राम शाहले विद्वान, सन्त र योगीलाई असाध्यै माया गर्थे । उनले स्वस्ति श्री गिरिराज चव्रmचुडामणी नारायणेत्यादी विविध विरूद्धवली विराजमान मनोनत श्रीभक्त महाराजधिराजको उपाधी धारण गरेको थिए ।

पृथ्वीपति शाह बराजु हुन् – पृथ्वीनारायण शाहका । यिनले वि.सं. १७४३ देखि १७७३ सम्म राजा भएर शासन चलाए । लामो समयसम्म अथात् ४७ वर्षसम्म शासन चलाउने यिनी शाह बंशीय राजामध्ये एक हुन् । पृथ्वीपतिले आफू राजा भए लगत्तै सर्वप्रथम बाहिरी राज्यको सम्बन्धको बिषयमा चाख दिए । वि.सं. १७३५ मा यिनले नेपाल खाल्डोको पहिलो पटक यात्रा गरे । यात्रा अबधिमा नेपाल खाल्डोको भक्तपुर, ललितपुर र काठमाडौँसँग सम्बन्ध जोडेका थिए । काठमाडौँको राजा नृपन्द मल्लसँग मितेरी लगाएका थिए । त्यस्तै, वि.सं. १७४२ मा दोस्रो पटक पनि नेपाल खाल्डोको यात्रा गरे । दुई पटकको यात्राको अनुभवले नेपाल खाल्डोका तीन राज्यको भित्री व्यवस्थापनको बारेमा जानकारी प्राप्त गरे उनले । त्यसपछि मकावनपुरसँग सम्बन्ध समेत उनले जोडे । त्यसबेला लमजुङेहरूले गोरखालाई दुःख दिन थाले भने आफ्नै राज्यभित्र स्थानीय शासकहरूले गरेको बिद्रोहलाई समेत समाले । लमजुङ र गोरखाबीच धेरै पटक युद्व भयो । पृथ्वीपतिका छोरामध्ये वीरभद्र शाह र रणदुर्लभ शाह अति सुयोग्य छोरा थिए । रणदुर्लभ शाहको नेतृत्वमा गएका फौजले लमजुङको फौजलाई हराएको थियो । शाहसी रणर्दुलभ शाह षडयन्त्रमा परी आत्मा हत्या गर्नु परेकाले बीरभद्र शाहप्रति शङ्काले पृथ्वीपति चिन्तित थिए । युवराज वीरभद्र शाह दरवार छाडेर धादिङ्ग, काठमाडाँै हुँदै वि.सं १७९४ मा बोर्लाङ घाटमा पुगेर मृत्यु वरण भए । पृथ्वीपतिका रानी मालिकावती गर्भवती भई माइत गएकी थिइन । माइतैमा नरभूपाल शाहको जन्म भएको थियो । नरभूपाललाई गोरखा राज्यको उत्ताधिकारी घोषित गरियो ।

वि.सं. १७७३ सालमा राजा भएका नरभूपाल शाहको उमेर मात्र २० वर्षको थियो । यिनले वि.सं. १७७३ देखि १७९९ सालसम्म शासन चलाए । नरभूपाल शाहको ४ श्रीमति थिए । चन्द्रप्रभावती, कौसल्यवती, बुद्धिमति र सुभद्रावती । कौसल्यावतीबाट पृथ्वीनारायण शाह, दलमर्दन शाह र शुभप्रवाह शाह । सुभद्रावतीबाट महोदद्यकीर्ति शाह, दलजित शाह, वृन्दकेशर शाह तर वृन्दकेशर शाह बाल्यकाल मै मृत्यु भएको थियो । जेठी श्रीमति चन्द्रप्रभावतीबाट कुनै सन्तान भएन । सन्तान प्राप्तिका लागि भुटानबाट लामा गुरू डाकेर पूजापाठ गराउन लगाएका थिए । उनले भुटानी लामाहरूका लागि स्वयम्भूमा गुम्बा बनाउन अनुमति दिनुका साथै जग्गा र खर्च समेत उपलब्ध गराएका थिए । गोरखा राज्यलाई विस्तार गर्नका लागि यिनले वि.सं. १७९४ मा नुवाकोट आक्रमण गरेका थिए । सफल हुन सकेनन् । राज्यलाई बिस्तार गर्न नसके पछि यिनी उदासिन बन्न बाध्य भए ।

राजा नरभुपाल शाहका जेठा सुपुत्र हुन् पृथ्वीनारायण शाह । त्यस बेला नेपाल बाइसे, चौबिसे गरी ५२ भन्दा बढी स–साना राज्यमा विभाजित भएको थियो । यी राज्यबीच बैमनास्यता थियो ।

पृथ्वीनारायण शाह सानै उमेरदेखि दुरदर्शी, परिश्रमी, लगनशील, दृढ प्रतिज्ञा भएका कारण बिलासिता जीवन भन्दा शिक्षा दिक्षामा संलग्न थिए । पिता नरभूपालको राज्य सञ्चालनमा निकै चाख लिएर नियाल्थे ।

पृथ्वीनारायण शाहले राजगद्दी समालेपछि गोरखालाई ठूलो र बलियो राज्यमा बिस्तार गर्ने उपायहरू सोचे । नेपाल एउटै राज्यमा एकीकरण हुनु अघि ५४ राज्यमा बिभाजित थिए । सर्वप्रथम पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरे तर आफ्ना पिता नरभूपाल शाहले जस्तै हार खान पुगें । पराजितबाट चिन्तित बनेको पृथ्वीनारायण शाह आफ्नो निर्णय दृढतासाथ लिई छिमेकी राज्य र भारतको व्यापारी केन्द्रको राजनीतिक र सामाजिक अबस्थाको बारेमा थाहा पाउन विभिन्न व्यक्तित्वहरूसँग भेटघाट र भलाकुसारी गरे । आफ्नै ससुरा र बनारसका राजदूतले केही हातहतियार र गोलाबारूद प्राप्त गरेपछि गोरखा फर्के । निकै सर्तकताका साथ पुनः दोस्रो पटक नुवाकोट आक्रमण गरे । नुवाकोटको त्रिशूली नदी हुँदै गेर्खुको बाटो उकालो लागि महामण्डलबाट हमला गरे । तत्काल कालु पाडेले नुवाकोट रक्षक जयन्त रानालाई गोरखालीसँग अनुरोध गरे । जयन्त रानाले काठमाडौँसँग हात हतियार सैनिक मागे तर त्यहाँ इन्द्र जात्रा भएकाले सम्भव भएन ।

युद्वमा गोरखालीले १२ देखि २० वर्षको सबै युवा युवतीलाई होमाएका थिए । वि.सं. १८०१ आश्विन १५ गते नुवाकोट विजयी ग¥यो । नुवाकोट गोरखालीले कब्जा गरेपछि नुवाकोटका सिपाहीका फौज भागेर बेलकोट पुग्यो । बेलकोटमा पनि हमला गरे । जयन्त राना पक्राउ परे । आत्मा समर्पण गर्न मानेन । जयन्त रानालाई टाँगामा टागी छालाकाँटी मारे भनिन्छ ।

नुवाकोट विजयी पश्चात् आत्माबल बढेका गोरखालीले वि.सं. १७५७ मा किर्तिपूर, फपिङ, खोकना नियन्त्रण लिदै आव्रmमण गरे । किर्तिपुरका फौज र जनताहरूको प्रतिकारले गोरखाली फौजले हार खानु प¥यो । युद्वमा सेनापति कालु पाडेले वीरगति प्राप्त गरेका थिए । पृथ्वीनारायण शाहलाई ज्यान जोगाउनु समेत मुश्किल परेको थियो । वि.सं. १८२१ असोज ४ गते सुरप्रताप शाहको नेतृत्वमा दोस्रो पटक किर्तिपूरमाथि आव्रmमण गर्ने काम भयो । युद्वमा सुरप्रताप शाहको आँखा फुट्यो । धेरै गोरखाली सेना मारियो । वि.सं.१८२२ चैत्र ३ गते गोरखालीले तेस्रो पटक आव्रmमण गरी कीर्तिपूर विजय गर्न सफल भयो । कीर्तिपूरपछि पृथ्वीनारायण शाहले काठमाडौँ हमला गर्ने योजना बनाए । वि.सं. १८२५ आइतबार इन्द्रजात्राको दिन काठमाडाैँ आक्रमण गरे । काठमाडौँको भीमसेन स्थान, टुडिँखेल र नरदेवीबाट घेरा हाली आव्रmमण गरे सजिलैसँग काठमाडौँ माथि विजयी प्राप्त गर्न सफल भयो ।

पाटनसँग युद्व गर्नका लागि पृथ्वीनारायण शाहले श्रीहर्ष पन्तलाई दूत बनाएर पठाए । पृथ्वीनारायण शाहको शासन स्वीकार गरी आत्मा समर्पण गरे । वि.सं. १७६८ का दिन ललितपूर गोरखा राज्यमा सजिलैसँग गाभियो ।

गोरखालीले काठमाडौँ र ललितपुर कब्जामा लिएपछि दूबै राज्यका राजाहरू जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भक्तपुरका राजा रणजित मल्लका शरणमा परे । ती दूबै राजालाई सुपुर्दगी गर्न पृथ्वीनारायण शाहले भक्तपूरका राजा रणजीत मल्ललाई गरेको आग्रह अस्वीकार गरे । वि.सं. १८२६ कार्तिक शुक्ल द्वादशीका दिन भक्तपूर आव्रmमण गरे । तीनै राजाहरूले आत्मासमर्पण गरे । युद्व भने ३ दिन चलेको थियो । नेपाल खाल्डोको तीनै राज्यको पूर्व पट्टी रहेको मकावनपुर विरोधी थिए । गोरखाली फौजले मकावनपुरलाई पनि छाडेनन् । भिषण आव्रmमण गरे । मकवानपुरले युद्वको सामना गर्न सकेनन् । वि.सं. १८१९ भाद्र ९ गते मकावनपुर पनि गोरखामा गाभियो । राज्य बिस्तार गर्ने क्रममा पृथ्वीनारायण शाहले पश्चिममा रहेको चौबीसे राज्य माथि आँखा लगाए । सो राज्यमाथि आक्रमण गर्न पृथ्वीनारायण शाहले देशराज पाडे र केहरसिंह बस्न्यातको नेतृत्वमा गएको फौज र चौबिसे राज्यका फौज बीच घमसान युद्व भयो । १६ घण्टा भन्दा बढी समय युद्व भयो । गोरखाली फौजका ५०० जना भन्दा बढीको मृत्यु भयो । बंशराज पाडे, प्रभु मल्लजस्ता सेनापति चौबिसे राज्यको कब्जामा रह्यो । रणवीर पाडे र प्रभू मल्लले आफ्ना हतियारहरू शत्रुलाई बुझाए । हारमानी गोरखाली फौज निराश बनी फिर्ता भए । यो युद्वले गोरखालीहरू निराश बने । गोरखाली फौजसँग कडा मुकाबीला गर्न सके हार नहुने रहेछ भन्ने पाठ शत्रुहरूले अनुभूति गरे ।

गोरखा राज्यमा बसी पृथ्वीनारायण शाहले १२००० घरबाट ५० ओटा राज्यलाई जिति विशाल नेपालको एकीकरण गर्न सफल भए । गोरखामा जन्मेका ५२ वर्षका पृथ्वीनाराण शाह वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा स्वर्गवास भए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top