२०८१, १२ बैशाख बुधबार

नुवाकोट २: ३१ जनाको मनोनयन दर्ता

डबली खबर     आश्विन २४ २०७९ ०६:००

election cadidates in election office nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोट क्षेत्र नम्बर २ बाट ३१ जनाले मनोनयन दर्ता गराएका छन् ।

नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि ११ जनाको मनोनयन परेको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिएको छ । यस्तै, प्रदेशसभा क्षेत्र नम्बर १ (१) मा १३ जना, प्रदेशसभा १ (२) मा ७ जनाको मनोनयन परेको छ । प्रतिनिधिसभा सदस्यको लागि ३ जना र प्रदेशसभा सदस्यको लागि ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यको लागि नेकपा एमालेबाट नारायणप्रसाद खतिवडा, नेपाली काँग्रेसबाट अर्जुननरसिंह केसी, राष्ट्रिय स्वतन्त्रबाट सुमनविक्रम पाण्डे, राप्रपाबाट झनक प्याकुरेल, लोकतान्त्रिक समाजवादीबाट धनकुमारी सुनार, नेपाल मजदुर किसानबाट गणेशमान बाटांकछी, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेममाया तामाङ र जनता समाजवादीबाट हिमाल जोशीले मनोनयन दर्ता गराएका छन् । यस्तै, प्रतिनिधिसभा सदस्यकै लागि स्वतन्त्रबाट गायत्री दाहाल, विनोदकुमार तामाङ र सुदर्शन पुडासैनीले मनोनयन दर्ता गराएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को लागि नेकपा एमालेबाट केशवराज पाण्डे, नेपाली काँग्रेसबाट गीता अमात्य, नेपाली काँग्रेस बीपीबाट ईश्वरी बोगटी, राप्रपाबाट दिपेश लामा ‘निश्चल’, नेकपा माओवादी केन्द्रबाट रामप्रसाद ढुंगाना, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्रप्रकाश लोहनी, मंगोल नेशनल अर्गनाइजेसनबाट चन्द्र तामाङ, आमुल परिवर्तनबाट प्रेमबहादुर नेपाली, लोकतान्त्रिक समाजवादीबाट राजन विश्वकर्मा र नेपाल मजुदर किसानबाट श्याम लामाले मनोनयन दर्ता गराएका छन् । यस्तै, प्रदेशसभा सदस्यकै लागि स्वतन्त्रबाट देवेन्द्र न्यौपाने, भरत कुमाल र शम्भुप्रसाद पनेरुले मनोनयन दर्ता गराएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को लागि नेकपा एमालेबाट विजयसिंह लामा तामाङ, नेपाली काँग्रेसबाट बहादुरसिंह लामा, राप्रपाबाट रणप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रबाट राममाया बोगटी, मंगोल नेशनल अर्गनाइजेसनबाट दिलमान तामाङ र हाम्रो नेपालीबाट बसन्त सापकोटाले मनोनयन दर्ता गराएका छन् । यस्तै, प्रदेशसभा सदस्यकै लागि स्वतन्त्रबाट भिमराजा लामाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top