२०८१, १४ बैशाख शुक्रबार

निर्वाचन अधिकृतको कार्यालय स्थापना

डबली खबर     आश्विन २० २०७९ १८:१८

nuwakot election parliament of nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटको विदुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामी नियुक्त भएका छन् । उनलाई नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ ।

नुवाकोट जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।

निर्वाचनको लागि एकसय ३२ वटा मतदानस्थल र दुईसय ८७ मतदान केन्द्र कायम गरिएको छ । नुवाकोटमा दुईलाख ३९ हजार मतदाता छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top