२०८१, १५ बैशाख शनिबार

विवाह जात्रामा ‘एकल महिला’को विहे

सुनील श्रेष्ठ     भाद्र ६ २०७९ ११:००

vivaha jatra nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटको सदरमुकाम विदुरको लोकतान्त्रिक चौतारामा शुक्रबार विवाह जात्रा सम्पन्न भएको छ । विदुर र त्रिशुलीबासीले संयुक्तरुपमा मनाएको जात्रामा भने जनचेतनामूलक कथामा आधारित रहेको विदुर सिटि युथ क्लबका अध्यक्ष सुनिल श्रेष्ठले बताए।

गाईजात्राको एक हिस्साको रुपमा जिल्लाको त्रिशुली र बट्टारमा मात्रै मनाउदै आईरहेको विवाह जात्रा यसपटक पनि मनाईएको हो ।

विदुर र त्रिशुलीका युवाहरुको सहकार्यमा हास्यव्यङ्ग्यसहित जनचेतनामूलक विवाह जात्रामा विद्वा महिलाको विवाह गराइएको थियो । ०७२ सालको भूकम्पमा पति गुमाएका एक महिलाको जीवनलाई प्रस्तुत गरिएको थियो ।

विवाह गरेको महिना दिन नबित्दै आफ्ना पति गुमाएका ती एकल महिलाको जीवनलाई सदाबहार बनाउनको निम्ति सासुले छोरी बनाएर विवाह गराएका हुन् । समाज परिवर्तनको लागि सासुले बुहारीको रुपमा रहेकी ती महिलालाई विवाह गराई दिएका हुन् ।

मानव अधिकारका लागि एकल महिला समूहका सचिव शर्मिला प्रधान, कोषाध्यक्ष रुपा थापा र न्याय लोकतन्त्रक लागि महिला संजाल बागमती प्रदेशका सचिव लक्ष्मीकुमारी प्रधानको उपस्थितिमा विवाह जात्रा भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top