२०८१, १४ बैशाख शुक्रबार

विदुर र म्यागङद्वारा विकास पत्रकारिता पुरस्कार

सुनील श्रेष्ठ     असार १५ २०७९ ०६:०९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका र म्यागङ गाउँपालिकाले विकास पत्रकारिता पुरस्कार प्रदान गरिने नीति ल्याएको छ ।

मंगलबार आव २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विदुर नगरपालिकाको विकास अभियानलाई सार्थकता दिन समाचारका माध्यमबाट योगदान पुर्याउने नगर क्षेत्रमा क्रियाशील एक जना पत्रकारलाई वर्षेनी विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने नीति ल्याएको नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए ।

समानुपातिक विज्ञापन प्रणालीलाई निरन्तरता दिइनुका साथै स्थानिय दैनिक, साप्ताहिक पत्रपत्रिका तथा एफएम र अनलाइन सञ्चारमाध्यममार्फत् नगर विकासका गतिविधीहरु नियमित रुपमा नगरबासी समक्ष पुर्याउन आवश्यक प्रबन्ध मिलाइने नीतिमा उल्लेख छ ।

यस्तै, म्यागङ गाउँपालिकाले पनि जिल्लामा प्रकाशन तथा प्रशारण हुने सञ्चार माध्यामहरुलाई लोक कल्याणकारी विज्ञापनको रुपमा आवश्यक सहयोग उपलब्ध गराइने भएको गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङले बताईन् ।

गत असार १० गते शुक्रबार भएको गाउँसभामा उपाध्यक्ष तामाङले उक्त नीति सार्वजनिक गरेकी हुन् । गाउँपालिकाको विकास सम्बन्धी सकारात्मक समाचार सम्प्रेषण गर्ने पत्रकार छनौट गरी विकास पत्रकारिता पुरस्कार प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top