२०८१, २२ बैशाख शनिबार

म्यागङद्वारा साढे ३९ करोड ९१ लाख बजेट सार्वजनिक (पूर्णपाठ र भिडिओसहित)

डबली खबर     असार १० २०७९ १८:५०

myagang rural municipality chairman aasha tamang sita tamang budget
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

देउराली – नुवाकोटको म्यागङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कूल ३९ करोड ९१ लाख ७९ हजार बजेट र १३ बुँदे उद्देश्यसहित नीति कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष आशा तामाङको अध्यक्षता भएको गाउँपालिको गाउँसभा तथा अधिवेशनले चालुतर्फबाहेकको बजेटलाई पारित गरेको हो ।

सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्ने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको गाउँपालिका उपाध्यक्ष सीता तामाङले बताईन् ।

गाउँपालिकाले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहन गर्न २० बर्ष पुरा गरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र बधाई स्वरुप नगद १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

कक्षा ४-५ र कक्षा६-८ को स्थानीय आधारित पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिने छ । विद्यालयको हाताभित्र हरियाली वातावरण कायम राख्न एक विद्यालय एक बगैँचा एक विद्यार्थी एक विरुवाको नीति अघि सारिएको छ ।

नुवाकोट जिल्लाभित्र प्रकाशन तथा प्रसारण हुने सञ्चार माध्यामलाई लोक कल्याणकारी विज्ञापनको रुपमा आवश्यक सहयोग उपलब्ध गराईने नीति लिईएको छ । गाउँपालिकाको विकास सम्बन्धी सकारात्मक समाचार सम्प्रेषण गर्न पत्रकार छनौट गरी विकास पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।

टुंडीपार्कमा पानी, बिजुली, इन्टरनेट सेवासहितको आधारभूत सम्पन्न बाँसघर निर्माण गर्ने भएको छ ।

बजेटको पूर्ण भिडिओ

नीति कार्यक्रम पूर्णपाठ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top