२०८०, २४ जेष्ठ बुधबार

“मिडियासामु आलापविलाप गर्नु कति वाञ्छनीय हुन् सक्छ?”: सञ्जु पण्डित

डबली खबर     असार ९ २०७९ १४:२७

sanju pandit press meet
Diyo Pathshala Montessori

नुवाकोट – विदुर नगरपालिकाको निवर्तमान मेयर सञ्जु पण्डितले आफुमाथि लगाईएको आक्षेपको स्पष्टीकरण दिएका छन् ।बिहिबार नि. मेयर पण्डितले विदुरमा पत्रकार सम्मेलन गरेर विदुर नपाका मेयर राजन श्रेष्ठद्वारा आफुमाथि लगाईएको आक्षेपको स्पष्टीकरण दिएका हुन् ।

वक्तव्यमा भनिएको छ “कानुन सम्बत रुपले वैधानिक तवरबाट तयार गरिएको आव २०७८/७९ का बजेटलाई विगतका आवहरुमा जस्तै गरि तयार गर्दै कार्यन्वयनमा लागिएको परिवेशमा अनुमानित आयमा केहि रकम तलमाथि हुन सक्ने तथ्यलाई आत्मसाथ गर्नुको अलावा मिडियासमय आलपविलाप गर्नु कति वाञ्छनीय हुन् सक्छ?”

प्रेस सम्मेलन

नगरपालिकालाई मालपोतबाट १ करोड ५० लाख, विद्युत रोयल्टीबाट १ करोड ५० लाख, ढुंगा, गिट्टी, बालुवाको ठेक्का बापत ७ करोड र निवदेन पेश भइ नक्सा पास हुन् बाँकीबाट १ करोड गरी कुल ११ करोड प्राप्त हुनुपर्ने वक्तव्यमा जनाएका छन् ।

“प्रचारबाजी जारी गरे हवाला दिईएको स्थाई संयन्त्रलाई बजेट निर्माण बखत एक अरब १२ करोड भएको बजेट हचुवाको भरमा वृद्धि गरी एक अरब ३९ करोड पुर्याईएको भनि दोषारोपण गरी रहदाँ सोहि नियम कानुन र विधानको परिधिमा रही आगामी वर्षका बजेटहरु समेत तर्जुमा गरि कार्यान्वयनमा लैजानु पर्ने हुदाँ तत्कालिन अवस्थामा समेत राजस्व परामर्श समितिको वैठकबाट सिफारिस गरिएको राजस्वको आधारमा स्रोत अनुमान समितको बैठकबाट तोकिएको सिलिङको परिधिभित्र रही विभिन्न समितिका माग बमोजिमका आम्दानी तथा खर्चहरुलाई समावेश गरी सर्वसम्मत कार्यपालिका एवं नगरसभाका सदस्यहरु मार्फत निर्णय गरि कार्यान्वयनमा लागिएको व्यहोरालाई थप अनावश्यक लाल्छना लगाई रहनु आफैमा ठिक नहुने व्यहोरा अवगत गराउन चाहन्छु” भनि उल्लेख छ ।

पण्डितको वक्तव्यको पूर्णपाठ

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top