नुवाकोट – तारकेश्वर गाउँपालिकाले २४सै घण्टा नि:शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
बिहीबार गाउँपालिका अध्यक्ष शिव अधिकारीले हटलाइन सेवाको शुभारम्भ गरेको हुन् ।
दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै उनले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने समेत सो क्रममा बताए ।
२४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरिएको बताउँदै अधिकारीले विनासंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन र गाउँवासीलाई अनुरोध गरे ।
प्रतिक्रिया