+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकका ग्राहकले डीआई स्किन हस्पिटलमा आकर्षक छुट पाउने

prabhu bank contracted with di skin hospital
डबली खबर
४ साल अगाडी

काठमाडौं – प्रभु बैंकका ग्राहकलाई डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टरमा आकर्षक छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । प्रभु बैंक हात्तीगौंडा शाखाका कार्यालय प्रमुख कृष्ण दवाडी र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टरका प्रमूख कार्यकारी अधिकृत ऋषि प्रसाद सापकोटाद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरुले डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टरद्वारा सञ्चालित चिकित्सक परामर्श शुल्क, ओ.टि सेवा शुल्क, प्रयोगशाला सेवा शुल्क, जेनेरल मेडिसीन मधुमेह, थाइराइड, इण्डोक्रिनोलोजि, प्लास्टिक एण्ड एस्थेटिक सर्जरीका साथै लेजर एण्ड लाइट थेरापी सेवा शुल्कमा १० प्रतिशत र डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टर् अन्तर्गत ट्रिउ फर्मेसियाबाट औषधी खरीद गरे बापत ५ प्रतिशत छुट प्राप्त गर्न भएको छ ।

प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग,क्यु आर र पिओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा डीआई स्किन हस्पिटल एण्ड रिफरल् सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंककाग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ