२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा चार पत्रकार निर्वाचित, एक गाउँपालिकाको अध्यक्ष, एक नगरपालिकाको उपमेयर, दुई सदस्य

डबली खबर     जेष्ठ ७ २०७९ ११:३८

nuwakot journalist in local level eleciton 2079 dabali khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नुवाकोटका चार जना पत्रकारले भिन्नभिन्न पालिकाको फरकफरक पदमा निर्वाचित भएका छन् । आज जेष्ठ ७ गते बेलकोटगढी नगरपालिकाको वडा नम्बर ७ को मत गणनासँगै नुवाकोटको मत गणना सम्पन्न भएको छ।

गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका पत्रकार शिव अधिकारी तारकेश्वर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।अधिकारीले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका रमेशबहादुर वस्तीलाई २ हजार ३२४ मतले हराएका हुन् । उनले ५ हजार ६६५ मत र वस्तीले ३ हजार ३४१ मत प्राप्त गरेका छन् । अधिकारी गन्तव्य नेपाल न्यूजका अध्यक्ष एवम् प्रधानसम्पादक हुन् भने पर्यटन विधामा पत्रकारिता गर्दै आईरहेका थिए । अधिकारी समाजसेवीका रुपमा समेत चर्चित थिए ।

विदुर नगरपालिकाको उपमेयर पदमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी पत्रकार प्रभा बोगटी विजयी भएका छिन्। बोगटीले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका अम्बिका पौडेल नेपाललाई ८६५ मतले हराएकी हुन् । बोगटीले १२ हजार ८६० मत र नेपालले ११ हजार ९९५ मत प्राप्त गरेका छिन् । बोगटी प्रेस सेन्टर नेपालमा आबद्ध तथा स्वतन्त्र पत्रकारिता गर्दै आईरहेकी थिईन् । योसँगै विदुर नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसले ५/५ र नेकपा माओवादी केन्द्रले ३ वडाको वडाध्यक्ष निर्वाचित भएका छन् ।

यस्तै, तादी गाउँपालिकाका वडा नम्बर ५ मा महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकी पत्रकार शर्मिला उप्रेती खनाल विजयी भएकी छिन् । इमेज साप्ताहिकका सम्पादक एवम् रेडियो त्रिशुलीका स्टेशन म्यानेजर रहेकी उप्रेतीले आफ्ना प्रतिष्पर्धी विन्दा उप्रेतीभन्दा ६० मत बढी प्राप्त गरी निर्वाचित भएकी हुन् । शर्मिलाले ३७४ र विन्दाले ३१४ मत प्राप्त गरेकी छिन् ।

बेलकोटगढी नगपालिकाको वडा नम्बर ७ को महिला सदस्य पदमा नेपाली काँग्रेसकी पत्रकार गमला लामाले ९६२ मत प्राप्त गरी विजयी भएकी छिन् । रेडियो संजीवनीका स्टेशन म्यानेजर रहेकी लामाले महिला सदस्य पदमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की पार्वती राईलाई ३८५ मतको मतान्तरले पराजय गरेकी हुन् । राईले ५७७ मत प्राप्त गरिन् । उनले उम्मेदवारी दिएको प्यानलै विजयी भएका छन् ।

दुई पत्रकारको पराजय

स्थानीय तह सदस्य निर्वाचन २०७९ नुवाकोटमा उम्मेदवारी दिएका दुई पत्रकारले पराजय व्यहोर्नु परेको छ ।

तारकेश्वर गाउँपालिकाको वडा नम्बर १ मा पत्रकार रुपा अर्यालले ६८४ मत प्राप्त गरेकी छिन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको पूर्व महिला उपाध्यक्ष तथा मिक्स एमएमका स्टेशन म्यानेजर रहेकी अर्यालले आफ्ना प्रतिस्पर्धी कुन्ती अधिकारी रिमालभन्दा १२२ मत कम ल्याएकी पराजय व्यहोर्नु पर्यो । रिमालले ८०६ मत प्राप्त गरी निर्वाचित भईन् ।

तादी गाउँपालिकाको वडा नम्बर ४ मा पत्रकार प्रितिका थापाले ५५१ मत प्राप्त गरेकी छिन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको महिला सदस्य थापाले उनकी प्रतिस्पर्धी सरिता तामाङभन्दा ४३ मत कम ल्याएकी पराजय व्यहोर्नु पर्यो । रिमालले ५९४ मत प्राप्त गरी निर्वाचित भईन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top