नुवाकोट – मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईंटेलले स्थानीय तह सदस्यको निर्वाचनमा विदुर नगरपालिकाको वडा नम्बर दुईका नवनिर्वाचित वडाध्यक्ष दिपक कायस्थलाई उक्त अनुरोध गरेका छन् ।
आईतबार राती मत गणनाको घोषणा पश्चात् नवनिर्वाचित वडाध्यक्ष कायस्थलाई प्रमाणपत्र हस्तान्तरण गर्ने क्रममा जिल्ला अदालतको कार्यालय अगाडी रहेको कच्ची सडकको अवस्थाबारे जानकारी दिदैँ सडक पिच गरिदिन आग्रह गरेका हुन् ।
जिल्ला न्यायाधीश एवम् निर्वाचन अधिकृत लुईंटेलको अनुरोधलाई छिट्टै नै सम्बोधन गरिने वडाध्यक्ष कायस्थले बताए ।
नुवाकोट-चोगते सडकखण्ड अन्तर्गत करिब ५० मिटर नजिक रहेको कच्ची सडक भएर जिल्ला अदातल, सरकारी वकिल, मालपोत लगायतका कार्यालयहरु रहेका छन् ।
वडाध्यक्ष कायस्थ नेकपा एमालेबाट उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया