नुवाकोट – विदुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपक कायस्थसहित प्यानालै निर्वाचित भएका छन् ।
स्थानीय तह सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार कायस्थले नेपाली काँग्रेसका सुरजप्रसाद श्रेष्ठलाई १४८ मतको मतान्तरले हराउँदै जीत हासिल गरेका हुन् । ०५४ सालको निर्वाचनमा वडासदस्यमा पदमा निर्वाचित भएका कायस्थले ९४० मत प्राप्त गर्दा श्रेष्ठले ७९२ मत प्राप्त गरेका छन् ।
यस्तै, वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शुक्रलाल श्रेष्ठले २१५ मत प्राप्त गरेका छन् ।
वडाको महिला सदस्यमा एमालेका गीतादेवी तिमिल्सिनाले ८८२ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीकी नम्रता डंगोलले ८२ मत, नेपाली काँग्रेसकी सचिना गुरुङले ६३९ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा शाहले १७० मत प्राप्त गरेकी छिन्।
दलित महिला सदस्यमा नेकपा एमालेकी सबु मिजारले ८९९ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनले ०७४ को स्थानीय तहको निर्वाचनमा ७५५ मत ल्याई निर्वाचित भएकी थिईन् । यस्तै, दलित महिला सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधिका विश्वकर्माले १६९ र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी तारा मिजारले ४१८ मत प्राप्त गरेकी छिन्।
खुल्ला वडा सदस्यमा एमालेका द्वय उम्मेदवार आनन्दलाल श्रेष्ठले ९०६ र रञ्जनकुमार थापामगरले ८३४ मत प्राप्त गरी निर्वाचित भएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका द्वय रामबहादुर नगरकोटीले १६० र ईश्वर राजभण्डारीले २६७ मत, नेपाली काँग्रेसकी पार्वती अधिकारीले ६१६ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका रामकृष्ण बानियाँ ५७ मत प्राप्त गरेका छन्।
२ नम्बर वडामा ३ हजार २०४ मतदाता रहेकोमा २ हजार २१२ मत गणना भएको छ । २ हजार १८३ मत सदर भएको छ । जसमा वडाध्यक्ष पदको लागि १ हजार ९ सय ६९ मत सदर खसेको छ । २९ मत बदर भएको छ ।
पार्टीको उम्मेदवारनै नभएको ठाउँमा पनि मत खसेको पाईएको छ । वडाध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रमा १४ मत, जनता समाजवादीमा ३ मत, नेकपा एकीकृत समाजवादी र मंगोल नेशनल अर्गनाइजेसनमा समान १/१ मत खसेको थियो।
प्रतिक्रिया