नुवाकोट – पछिल्लो २४ घण्टामा नुवाकोट जिल्लामा तीन कोरोना सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीका अनुसार निको हुनेमा महिला ४ र पुरुष ७ जना रहेका छन् ।
निको हुनेमा विदुर नगरपालिकाका एक पुरुष र एक महिला रहेका छन्। यस्तै, निको हुनेमा लिखु गाउँपालिकाका एक महिला रहेका छन्।
हाल जिल्लामा दुई जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सबै बिरामी होम आइसोलेसनमा उपचारत छन् ।
आज बुधबार कसैले पनि कोरोना परीक्षण गरेका छैनन् ।
तथ्यांकअनुसार जिल्लाका ३० हजार ९७६ जनाको परीक्षण गरिएकोमा ९ हजार ३६९ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया