२०८१, १४ बैशाख शुक्रबार

त्रिशुली सहकारीले सञ्चालनमा ल्यायो स्मार्ट मोबाईल एप

डबली खबर     चैत्र २७ २०७८ १३:५४

trishuli smart app launched trishuli cooperative
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

महादेवफाँट – त्रिशुली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

सहकारीले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटमा सदस्य सेवा केन्द्र उद्घाटनसँगै बैंकिङ प्रणालीमा आधारित मोबाईल एपको सुरुवात गरेको हो ।

आईतबार एक कार्यक्रमका बीच बेलकोटगढी वडा नम्बर ६ का वडा सदस्य कालीबहादुर गुरुङले सदस्य सेवा केन्द्रको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै वडासदस्य गुरुङले सहकारीले सदस्यको कारोबारमा सहजताको सँगसँगै सदस्यहरु र सहकारी प्रशासनबीचको सम्बन्धलाई प्रगाढ बनाउदै सुशिकृत गर्दै लानुपर्ने बताए ।

मोबाईल एपको शुभारम्भ गर्दै सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले सहकारीको राष्ट्रिय नारालाई सार्थकता दिदैं सहकारीले मोबाइल बैंकिङको सुरुवात गरेको बताए । सहकारीले विकासोन्मुखको रुपमा स्थापित हुदैं गईरहेको बेलकोटगढी नगरपालिकामा आफ्नो सेवा केन्द्र विस्तार गर्दै लगानीकर्ता, निक्षेपकर्ता तथा सदस्यहरुलाई सेवा सुविधा प्रदान गर्न सेवा केन्द्र विस्तार गरेको बताए । आगामी आर्थिकवर्षमा जिल्लाभर सदस्य सेवा केन्द्र विस्तारको अभियानलाई चरणबद्ध रुपमा अघि लगिने जानकारी दिए ।

मोबाइल एपबाट इन्टरनेट, टेलिफोन, रिचार्ज, बीमा भुक्तानी, बैंक, हवाई टिकट लगायतका भुक्तानीको कारोबार गर्न सकिने सहकारीका सचिव राजेश श्रेष्ठले बताए । सहकारीका शेयर सदस्य र साधारणसदस्यले समेत उक्त एप प्रयोग गर्न सकिने जानकारी दिए ।

सहकारीले शनिबारनै आफ्ना सदस्यहरुलाई मोबाईल बैंकिङ एपबारे अभिमुखीकरण कार्यक्रम गरेको सहकारीका प्रबन्धक हरिचन्द्र अमात्यले जानकारी दिए । वार्षिकोत्सव अवसरमा सहकारीले जिल्ला ट्राफिक कार्यालयसंगको समन्वयमा ट्राफिक नियम अंकित सूचक बोर्ड जिल्लाका १२ स्थानमा राखेका छन् । विदुर नगरपालिका, बेलकोटगढी र ककनी गाउँपालिकाका बिभिन्न स्थानहरुमा दुर्घटना न्यूनिकरण गर्न उक्त सूचक बोर्डहरु राखिएको प्रबन्धक अमात्यले जानकारी दिए ।

विदुर नगरपालिका-१ त्रिशुलीमा केन्द्रीय कार्यालय रहेको सहकारीको दुईहजार ५० शेयरसदस्य रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top