२०८१, १३ बैशाख बिहीबार

त्रिशुली सहकारीले शेयर रकम वृद्धि गर्दै

डबली खबर     चैत्र २५ २०७८ ०६:४६

harichandra amatya trishuli cooperative nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयर रकम वृद्धि गर्ने भएको छ ।

सहकारीको २१औँ वार्षिक साधारणसभाबाट शेयर रकम वृद्धि गर्ने पारित निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाईएको सहकारीका प्रबन्धक हरिचन्द्र अमात्यले बताए ।

“सदस्यहरुमा सहकारी अवनत्व ग्रहणको लागि सहकारीले साविकको शेयर रकममा ३० प्रतिशत थपको प्रक्रिया अघि बढाएका हो”, उनले भने “शेयर रकम वृद्धिले सहकारी र सदस्यको आर्थिक कारोबारमा वृद्धि हुने सहकारीले लक्ष्य राखेको छ । चालुआर्थिक वर्षभित्र सम्पूर्ण शेयरमा रकम वृद्धि कार्यान्वयनमा ल्याउने छौं ।”

माघ २४ गते नै सूचना जारी गरेर प्रक्रियागत रुपमा कार्यान्वयन अघि बढिरहेको उनले बताए । सहकारीले शेयर सदस्यहरुलाई आज चैत २५ गते एकदिने सहकारी शिक्षा शिविर पनि संचालन गर्दैछ । अहिलेसम्म ३० प्रतिशत शेयर सदस्यहरुले शेयर रकम वृद्धिको लागि आवेदन दिईसकेको उनले जानकारी दिए । सहकारीमा संकलन भएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने जनाएको छ ।

सहकारीको राष्ट्रिय नारालाई आत्मसाथ गर्दै सहकारीले आफ्नो वार्षिकोत्सवको अवसरमा “त्रिशुली स्मार्ट मोबाइल एप” पनि शुभारम्भ गर्दैछ ।

नुवाकोट जिल्लाको अग्रणी सहकारी संस्थाको रुपमा स्थापित रहेको सहकारीले गत आर्थिकवर्षमा ३५ करोड रुपैंयाँ बराबरको बचत गर्न सफल भएको थियो । सहकारीमा हाल दुईहजार पचास शेयर सदस्य रहेको छ । सहकारीले बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा सदस्य सेवा केन्द्र विस्तार गरी कारोवार गर्दै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top