२०८१, ८ बैशाख शनिबार

नेकपा एमाले उपमहासचिव विष्णुप्रसाद रिमालको कटाक्षः “अर्थमन्त्री विद्वान हुनुपर्छ म भन्दिन!”

डबली खबर     चैत्र २६ २०७८ १८:१५

Bishnu Prasad Rimal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले अर्थमन्त्री विद्वान हुनु नपर्ने कटाक्ष व्यक्त गरेका छन् ।

शनिबार अशोकबाटिकामा नेकपा एमाले विदुर कमिटीद्वारा आयोजित सम्मान कार्यक्रममा उनले सो भनाइ राखेका हुन् ।

गभर्नरलाई निलम्बित गरेको विषयलाई लिएर उनले भने “राजनीति गर्ने मानिस जनताले चुनेर जाने हो, नपढेकै रैछ भने फरक नपर्ने हाम्रो जस्तो मुलुकमा ! विश्वमा सबै राजनीति गर्ने मानिस विद्वान हुन्छन्, पिएजडी गरेका हुन्छन् भन्नु माग गर्नु मुर्ख्याई हो । म त्यसको पक्षमा छैन । तर राजनीतिकमा नेतृत्व गर्ने मानिसले विद्वानको कदर गर्न सक्नुपर्दछ । आफुले नजानेका कुरा जानिन भन्न सक्नुपर्छ । जान्नेले दिएको सुझाव मानेर अगाडी बढ्नुपर्छ ।”

अर्थमन्त्रीले गोपिनियता भङ्ग गरेर मुलुकको अर्थतन्त्र ओरालो लागेको विषयलाई बाहिर ल्याएको आरोपमा गभर्नरलाई निलम्बित गरेका थिए । अर्थमन्त्रीले गभर्नर महाप्रसाद अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेको निलम्बन गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top