२०८१, १४ बैशाख शुक्रबार

त्रिशुली सहकारीको सेवा केन्द्र विस्तार

डबली खबर     माघ ५ २०७८ १३:२२

trishuli cooperative branch office in belkotgadhi mahadevfant nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशुली बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको बेलकोटगढी नगरपालिका-७ महादेवफाँटमा आफ्नो पहिलो सदस्य सेवा केन्द्र विस्तार गरेको छ ।

त्रिशुली सहकारीले नुवाकोटका १२ वटै स्थानिय तहमा सेवा पुर्‍याउने उदेश्यले सेवा केन्द्र स्थापना गरिएको सहकारीका प्रबन्धक हरिचन्द्र अमात्यले बताए । २१औँ वार्षिक साधारणसभाबाट सेवा केन्द्र स्थापना पारित गरी सहकारी विभागबाट समेत सेवा केन्द्र विस्तार स्वीकृत प्राप्त गरेपश्चात् सेवा केन्द्र अनौपचारिक रुपमा स्थापना गरेको उनले बताए ।

सदस्य सेवा केन्द्रले नगरपालिकामा छरिएर रहेको पुजिँ एकीकृत गरी स्थानियस्थरमा रोजगारी सृजना गर्न सहज गर्ने सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले बताए । सेवाकेन्द्र सञ्चालनपछि सदस्य तथा नागरिकमा वित्तिय पहुँचको विस्तार हुने लक्ष्य राखिएको उनले बताए ।

सहकारी र सेवा केन्द्रमार्फत् बचत तथा ऋणका सेवासंगै रेमिट्यान्स सेवा पनि सञ्चालन हुने जनाएको छ । सहकारीमा हाल दुईहजार ५० सेयर सदस्य रहेका छन । सहकारीले गत आवमा ३६ करोड रुपैयाँको हाराहारीमा कारोबार गर्न सफल भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top