२०७९, ३ भाद्र शुक्रबार

नेकपा एमालेका केन्द्रीय उपमहासचिव रिमालसहित दर्जनौ सम्मानित हुदैं

डबली खबर     चैत्र २४ २०७८ १८:५८

cpuml nuwakot bidur committee
Diyo Pathshala Montessori

नुवाकोट – समग्र नुवाकोटको भूगोलबाट नेकपा एमाले पार्टीको केन्द्रीय समिति, प्रदेश र जिल्लागत पदीय भूमिकामा पदमा सर्वसम्मत चयन भएका दर्जनौं व्यक्तिवहरुलाई सम्मान गर्ने भएको छ ।

आज बिहिबार नेकपा एमाले विदुर नगर कमिटिले दम्कीमा एक पत्रकार सम्मेलनमा नगर कमिटी सचिव सचिव अनुजकुमार श्रेष्ठले चैत २६ गते शनिबार हुने कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपमहासचिव विष्णु रिमालसहित दर्जनौ व्यक्तिवहरुलाई सम्मान गर्ने उनले बताए । पार्टीको केन्द्रीयस्तरसम्म जिम्मेवारी सम्हालेको भएर नेकपा एमाले नुवाकोटको ऐतिहासिक क्षण भएकोले सम्मान गर्न लागिएको उनले बताए ।

सम्मानित हुनेमा केन्द्रीय उपमहासचिव रिमालसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय कमिटी सदस्य विन्दा ढुंगाना, उषाकिरण तिमिल्सिना र बागमती प्रदेश कमिटी सदस्य केशवराज पाण्डे रहेका छन् ।

यस्तै, सम्मानित हुनेमा विदुर नगरको भूगोलबाट प्रतिनिधित्व गर्ने जिल्ला पदाधिकारीहरु, सचिवालय सदस्य र जनसंगठन केन्दीय पधाधिकारीहरु रहेका छन् ।

विदुर नगरपालिकाको वडा नम्बर २ इन्द्रचोकमा हुने कार्यक्रम विदुर नगर कमिटी वडा नम्बर २ को व्यवस्थापनमा हुन लागिएको नेकपा एमाले विदुर नगर कमिटीका अध्यक्ष नविन प्रधानले बताए ।

शनिबार बिहान ८ बजे देविघाटदेखि कार्यक्रमस्थल इन्द्रचोकको डबलीसम्म मोटरसाइकल र्याली गरिने जनाएको छ ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top