२०८१, १९ बैशाख बुधबार

मेगा बैंकका हरेक शाखाले २–२ जना छात्रालाई आर्थिक सहयोग गर्ने

डबली खबर     चैत्र १७ २०७८ ११:१७

MEGA bank csr
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – मेगा बैंक नेपालले छात्राहरुलाई आर्थिक सहयोग गर्नेगरी २०७९ सालको इ-क्यालेण्डर तय गरेको छ । जसअनुसार आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग ​ परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप ‘शिक्षा नै ज्योति अभियान’ चलाइने बैंकले जनाएको छ ।

सो अभियानबाट देशभरका प्रत्येक शाखाले २–२ जना छात्राहरुलाई आर्थिक सहयोग गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु-याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम ल्याएको थियो । सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौं छात्राहरुलाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

यो छात्रवृत्तिले शाखा संचालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको बैंकको भनाइ छ ।

यसपालिको क्यालेण्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरुको तस्वीर सार्वजनिक गरी उनीहरुलाई प्रोत्साहन गरिएको बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top