२०८१, १३ बैशाख बिहीबार

“चुरे दहन रोकिनुपर्छ”- पूर्वराष्ट्रपति डा. रामवरण यादव

डबली खबर     चैत्र १३ २०७८ ०८:२२

ex president rambaran yadav
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पूर्व राष्ट्रपति डा. रामवरण यादवले शिवपुरीमा आएर शितलता महसुश गरेको बताउँदै डा. यादवले चुरे दहन रोकिनुपर्नेमा जोड दिएका छन् ।

शनिबार शिवपुरी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा बोल्दै यहि क्रममा चुरेको नाश हुने हो भने तराई मरुभूमिमा परिणत हुने उनको भनाई थियो । उनले नयाँ भवनबाट शासन नभएर सेवा दिन आग्रह गरेका छन् । जसका लागि भनेर भवन बनेको हो उसैका लागि सेवा दिनुपर्ने उनले बताएका छन् । गणतन्त्र नेपालका प्रथम उनले संघियता कार्यान्वयनको प्रमुख जिम्मेवारी स्थानीय तहमा रहेको बताए । तल्लो तहका नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले स्थानीय तहको कार्यसम्पादन उत्कृष्ट भएमामात्र नागरिकले संघियताको अनुभुती गर्न सक्ने उनको भनाइ थियो ।

नुवाकोटमा १२ वटा स्थानीय तहमध्ये शिवपुरीले सबैभन्दा पहिले प्रशासनिक भवन निर्माण सम्पन्न गरेको थियो । दुई वर्ष अघिदेखि नै नयाँ प्रशासनिक भवनबाट सेवा दिदै आएको गाउँपालिकाले भवनको औपचारिक उद्घाटन भने शनिवार गरेको हो ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको लक्ष्य सुशासन हो भन्दै सबै जनतालाई पक्षपात नगरी बराबरी सेवा दिन आग्रह गरे । २०४६ सालपछि नेपाली कांग्रेसको नेतृत्वमा धेरै विकास भएको उनले बताए । स्थानीय समस्या स्थानीय स्तरमै समाधान गर्न स्थानीय सरकार गठन भएको बताउँदै डा. महतले शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले निष्पक्ष ढंगले सेवा प्रवाह गर्न सबै कर्मचारीहरुलाई आग्रह गरिन् । अब चाँडै स्थानीय तहको निर्वाचन आएकाले जनप्रतिनिधि परिवर्तन भए पनि कर्मचारी परिवर्तन नहुने भन्दै उनले सेवा प्रवाहमा कमीकमजोरी नगर्न सचेत गराईन् ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले आफ्नो कार्यकालमा भएका प्रगतिबारे प्रकाश पारे । उनले प्रशासकीय भवनसँगै वडा भवन निर्माण, १० शैयाको आधारभूत अस्पताल निर्माण, कृषि रिङरोड निर्माण, शिवपुरी शित भण्डार निर्माण, कृषि उपज केन्द्र निर्माण लगायत अन्य प्रगतिबारे ३९ बुँदामा प्रष्ट्याएका थिए । उनले शिवपुरीमा निर्माण भएका सबै भवनमा जग्गा निःशुल्क प्राप्त भएको बताए । कोरोना संक्रमण र लकडाउनका कारण औपचारिक शुभारम्भ गर्न ढिलाई भएको उनले बताए ।

तीनकरोड ८० लाख रुपैयाँ लागतमा निर्माण भएको भवनबाट कार्यपालिकाले प्रवाह गर्ने सवै प्रशासनिक सेवा प्रवाह गर्न सकिएको बताईएको छ । गाउँपालिकाको चार वटा वडाले आफ्नै भवन निर्माण गरी सेवा प्रवाह गरिरहेको छ ।

कार्यक्रममा प्रशासकीय भवन, शिवपुरी आधारभूत अस्पताल भवन, कृषि उपज केन्द्र, कोल्ड स्टोर लगायत अन्य स्थानमा जग्गादान गर्ने जग्गादाता, शिवपुरी गाउँपालिकामा जन्मिएका पूर्व विशिष्ट राष्ट्रसेवकहरु, पूर्व प्रमुख प्रशासकीय अधिकृत, भवन निर्माण गर्ने निर्माण व्यवसायी र इन्जिनियरलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top