२०८१, १४ बैशाख शुक्रबार

“राजनीतिमा जोसँग पैसा छ उसकै चर्चा”: नेता राजु थापा

डबली खबर     चैत्र ९ २०७८ १७:५५

Nepali Congress Leader Raju Thapa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाली काँग्रेसका नेता राजु थापाले राजनैतिकमा जोसँग पैसा छ उसकै मात्र चर्चा हुने गरेको समाज रहेको बताएका छन् ।

बुधबार आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा विदुरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारिता कार्यन्वयन र सरोकारवालाहरुको भूमिकासम्बन्धी राजनीतिक दलहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले सो भनाइ राखेका हुन् ।

“नोट हेरेर भोट दिने हाम्रो मानसिकता रहेको छ । त्यस्ता मानसिकता भएको समाज परिवर्तन गर्नु आवश्यक छ”, उनले भने “म एउटा पार्टीको सिपाही, ग्रासरुटबाटै लामोसमयसम्म लडेर आएको सिपाही, अहिले मसँग कुनै पनि पैसा छैन, चर्चा पनि छैन । जोसँग पैसा छ उसको मात्र चर्चा भइरहेको छ ।”

स्थानीय निर्वाचनमा उम्मेदवारका लागि निर्धारण गरिएको निर्वाचन खर्चलाई उद्धढ गर्दै आयोगले कार्यकर्ता प्रभावकारी खर्च निर्धारण गरेको बताए । विगतका गतिविधिलाई भावी निर्वाचनमा त्यस्ता आचरणलाई शुद्धता गरी त्यस्ता अभियानलाई चिरेर निर्वाचनमा उम्मेदवारको खर्च न्यूनीकरणमा लाग्नुपर्ने बताए ।

“उम्मेदवारको खर्च विवरणलाई पारदर्शी गरी सबै राजनैतिक दल परिवर्तन हुनुपर्ने छ । राजनैतिक दल ठुलो सानो जनताले बनाईदिने हो ।”

अबको निर्वाचनमा राजनैतिक दल शुद्ध भएर आयोगले लागू गरेको आचारसंहिता कटिबद्ध भइ अक्षरश पालना गर्दै कार्यन्वयन पक्षमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top