२०८१, १४ बैशाख शुक्रबार

प्रदेशस्तरीय तेक्वान्दो खेलतर्फ नुवाकोटलाई ४ स्वर्ण

डबली खबर     चैत्र ७ २०७८ १७:१३

taekwondo nuwakot bagamati
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दोतर्फ नुवाकोटले चार स्वर्णपदकसहित १८ पदक प्राप्त गरेका छन् । योसँगै प्रतियोगितामा नुवाकोटले दोस्रो स्थान हासिल गरेको छ ।

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत मकवानपुरको हेटौंडामा जारी तेक्वान्दो खेलका विजयीलाई आज सोमबार पुरस्कार वितरण गरिएको छ । विभिन्न केजी तर्फका प्रथम, द्वितीय र तृतीयलाई आज एक समारोहकाबीच पुरस्कृत गरिएको खेल संयोजक माधव कोइरालाले बताए ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ नुवाकोटका प्रविण वाइवा, प्रिजना तामाङ, धनबहादुर तामाङ र सुस्मिता राईले स्वर्णपदक प्राप्त गरी प्रथम भएका छन् ।

यस्तै, प्रतियोगितामा नुवाकोटले तेक्वान्दोतर्फ १० रजत र चार कास्यपदक प्राप्त गरेका छन् ।

तेक्वान्दो प्रतियोगितामा ८ स्वर्ण, ६ रजत, २ काश्य पदकसहित चितवन टिम प्रथम हुन सफल भएको छ।

केही फाइनल खेल बाकीँ रहेकोले सोमबार नै खेलाइएको हो ।

प्रदेशस्तरीय क्रिकेटमा नुवाकोटको विजयी सुरुवात

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top