२०७९, २६ श्रावण बिहीबार

तीनै तहका सरकारलाई परिचालन गराउन जिसस नुवाकोट सफल- प्रमुख तामाङ

डबली खबर     चैत्र १ २०७८ ०६:००

Santaman Tamang DCC Nuwakot
Diyo Pathshala Montessori

विदुर – जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले स्थानीय तहले संघिय लोकतान्त्रिक, गणतन्त्र नेपाललाई संस्थागत गर्दै संविधान २०७२ अक्षरस पालना गराउँदै समग्र नुवाकोटको स्थानीय तहहरुलाई सशक्तीकरण गर्दै जिल्ला समन्वय समितिले समन्वय, सहकार्य र सहजताका साथ नुवाकोटलाई सम्वृद्धि गराउनको लागि विकास निर्माण र जनताको सम्पूर्ण आवश्यकताको महसुश गराउँदै स्थानीय, प्रदेश र संघीय सरकारलाई परिचालन गराउन सफल भएको बताएका छन् ।

सोमबार तादी गाउँपालिकाको प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै जिसस प्रमुख तामाङले सो भनाइ राखेका हुन् ।

उनले जग्गाको समस्याको कारणले गर्दा जिल्लाबाट क्याबिनेटमा पुगेतापनि क्याबिनेटले क्विक डिसिजन नगर्दा नुवाकोटका अन्य स्थानीय तहले आफ्नो आफनै प्रशासकीय भवन बनाउन नसकेको जानकारी गराएका छन् । जिल्लाका ८८ वटै वडामध्ये जिल्ला समन्वय समितिमा भएको मौज्जात कोष, स्थानीय तहको आफ्नै आर्थिक स्रोत र सङ्घीय सरकारको अनुदानबाट ७६ वटा वडाहरुको कार्यालय भवन निर्माण सम्पन्न गरिसकेको बताए ।

प्रधानमन्त्री देउवाद्वारा एकै दिन तादी र किस्पाङको प्रशासकीय भवनको उद्घाटन

स्थानीय तहको निर्वाचनपछि जनताले राज्यको सेवा र सुविधा घरआँगनबाटै प्राप्त गर्ने देशको संबिधान निर्माण भएपछि समृद्धि र विकासको निमित्त अब स्थानीय सरकार बलियो हुनुपर्ने विकल्प नभएको बताए ।

“अहिले स्थानीय तहलाई मुख्य समस्या भनेकै प्रशासकीय भवनलगायतका पूर्वाधारहरु यथावत छदैंछ”, उनले भने “फेरी पनि कर्मचारी आवश्यकता र संघिय सरकारले बेलैमा कर्मचारी उपलब्ध गराएको काममा ढिलाई गरेको कारण स्थानीय तहले कर्मचारीहरु करारमा नियुक्त गरेर आफ्नो तौर तरिकाबाट आफ्नो काम गर्ने मौका र समय समेत नपाएको हुदाँ सोचेको जस्तो हुन सकेको छैन ।”

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top