२०८१, १३ बैशाख बिहीबार

प्रधानमन्त्री देउवाद्वारा एकै दिन तादी र किस्पाङको प्रशासकीय भवनको उद्घाटन

डबली खबर     फाल्गुन ३० २०७८ २०:२९

prime minister sher bahadur deuba Administrative building of the tadi municipality inaugurated
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – प्रधानमन्त्री शेरबहादुर देउवाले एकै दिन नुवाकोटको दुई गाउँपालिकाको प्रशासकीय कार्यालय भवनको उद्घाटन गरेका छन् ।सोमबार देउवाले तादी र किस्पाङ गाउँपालिकाको छुट्टाछुट्टै औपचारिक कार्यक्रमका बीच प्रशासकीय कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री देउवाले तादी गाउँपालिकाको केन्द्र खरानीटारमा निर्माण भएको गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा तादी गापाको प्रशासकीय भवन उद्घाटन समारोहमा | फोटो: सुनिल श्रेष्ठ

कार्यपालिकाको तीनतले नवनिर्मित भवन कुल चारकरोड २९ लाख ७४ हजार रुपैंयाँमा तोकिएको समय अगावै निर्माण व्यवसायीले उक्त भवन सम्पन्न गरेको तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए । भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट एक करोड ६० लाख रुपैयाँ, सङ्घीय सरकारबाट ८५ लाख र बाँकी एककरोड ८४ लाख ४० हजार ६२ रुपैयाँ गाउँपालिकाको लगानी रहेको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिए ।

फोटो: सुनिल श्रेष्ठ

यस्तै, प्रधानमन्त्री देउवाले किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् । चारकरोड ५६ लाख रुपैंयाँमा कार्यपालिकाको नवनिर्मित भवन निर्माण गरिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top