२०८०, १६ चैत्र शुक्रबार

दुर्घटनामा एक बालकसहित तीन घाईते

डबली खबर     फाल्गुन २७ २०७८ ११:४९

accident water tanker and motorcycle
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शुक्रबार बिहान करिब ७ बजेतिर पानी ट्यांकरको ठक्करबाट मोटरसाईकलमा सवार तीन जना घाईते भएका छन् ।

पासाङ ल्हामुशेर्पा राजमार्ग खण्डको विदुर नगरपालिका–४ दम्कीको ब्यारेक नजिकै पानी बोक्ने ना ३ ख ६१८१ नम्बरको ट्याङ्करले बा ६५ प ८८५९ नम्बरको मोटरसाईकलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाईते हुनेमा मोटरसाइकल चालक तारकेश्वर गाउँपालिका वडा नं १ दाङसिङका २४ वर्षिय अर्जुन तामाङ, मोटरसाइकलमा सवार १९ वर्षिय ज्ञानु तामाङ र ९ वर्षिय बालक आयाम तामाङ रहेका छन् ।

घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ । घाइतेमध्ये ज्ञानुको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top