२०८१, १३ बैशाख बिहीबार

नुवाकोटमा सङ्क्रमित शून्य, सक्रिय संक्रमित एक मात्र

डबली खबर     फाल्गुन २५ २०७८ १५:५२

dabalikhabar omicron covid coronavirus
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आज नुवाकोट जिल्लाभित्र कुनै अनि कोरोना संक्रमित नभेटिएको रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । सक्रिय संक्रमितको संख्या एक जनामात्रै रहेको छ ।

तथ्यांकअनुसार कोरोनाको पहिलो भेरियन्टमा एक जनाको र दोश्रो भेरियन्टमा ५१ जनाको ज्यान गएको छ। पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमितको संख्या न्यून देखिएको छ ।

सक्रिय संक्रमित भनिएका एक जना बेलकोटगढीको रहेको र हाल होमआईसोलेसनमा रहेका छन् ।

हालसम्म नुवाकोटमा कोरोना संक्रमित महिलाको संख्या ३ हजार ८०६ जना र पाँचहजार ५५७ पुरुष गरी कुल ९ हजार ३६३ जना रहेको छ । जसमध्ये ९ हजार ३१० जना संक्रमणमुक्त भइसकेका छन् ।

हालसम्म नुवाकोटमा सबैभन्दा बढी प्रभावित संक्रमित विदुर नगरपालिकाभित्र रहेका छन् । जसमा महिला १ हजार ६०२ र पुरुष २ हजार २७२ जना रहेका छन् । सबैभन्दा कम संक्रमित पन्चकन्या गाउँपालिकामा रहेका छन् । जसमा महिला ८१ जना र पुरुष १२९ जना रहेका छन् ।

नुवाकोटमा हालसम्म महिला ११ हजार १२० जना र पुरुष १९ हजार ८१३ जना गरी कुल ३०८ हजार ९३३१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा कोरोना संक्रमणबाट ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top