२०७९, ३० श्रावण सोमबार

संरक्षण समितिको अध्यक्षमा आचार्य

डबली खबर     फाल्गुन १२ २०७८ १७:४३

kalika mandir rasuwa bod member
Diyo Pathshala Montessori

रसुवा – कालिका गाउँपालिका-२ मा रहेको कालिका मन्दिर संरक्षण समितिको अध्यक्षमा विष्णु आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

बुधवार भएको संरक्षण समितिको अधिवेशनले आचार्यको अध्यक्षता सात सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा सरिता घिमिरे, सचिवमा ठाकुरप्रसाद न्यौपाने र कोषाध्यक्षमा गिता न्यौपाने चयन भएका छन् । सदस्यहरुमा गौरी आचार्य, रिता श्रेष्ठ र राजन न्यौपाने चयन भएका छन् ।

कालिका मन्दिर संरक्षणको लागि उक्त समितिले कार्य गर्दै आईरहेको छ । धार्मिक एवं पर्यटकीय स्थल गोसाँइकुण्ड स्नान गरेपनि कालिका मन्दिरको दर्शन नगरेसम्म मोक्ष प्राप्त गर्न नसकिने किम्बदन्ती रहेको समितिका पूर्व अध्यक्ष टंकप्रसाद ढकालले जानकारी दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष आचार्यले कालिका मन्दिर रसुवाको मात्र नभइ बागमती प्रदेशकै धर्म र संस्कृतिको संवाहक भएको भन्दै सो मन्दिरको संरक्षण र प्रवर्द्धनमा लागि पर्ने बताए ।

कालिका मन्दिरको नामले परिचित सो मन्दिर अहिले पञ्चकालि मन्दिरको रुपमा चिनिन थालेको छ । केही महिनाअघि मन्दिरमा २२ दिनको तपस्या गरेपछि माता रोजिना तामाङले सो मन्दिरमा पञ्चकालिको स्वरुप देखिएको जानकारी दिइन् ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top