२०७९, २६ श्रावण बिहीबार

गोल्डस्टार जुत्तामा १५ प्रतिशत छुट

डबली खबर     फाल्गुन ९ २०७८ ०८:०७

goldstar shoes garima bikash bank
Diyo Pathshala Montessori

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र गरिमा विकास बैंक र लाइफ इस्टाइल इन्टरनेशनल प्रा.लि.बीच एक सम्झौता भएको छ ।

डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्ने क्रममा स्टाइल इन्टरनेशनलसँग सम्झौता गरेको हो ।

आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको जानकारी दिएको हो । सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्नुहुँदा तत्काल १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top