२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

प्रेस चौतारी नुवाकोटको अध्यक्षमा नवदीप श्रेष्ठ

डबली खबर     फाल्गुन ६ २०७८ ०८:०६

press chautari nepal nuwakot chapter
pratik book and stationery center in nuwakot

विदुर – नेकपा एमाले समर्थित पत्रकारहरुको संगठन प्रेस चौतारी नुवाकोटको अध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन् । छैठौं जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत भएका हुन् ।

नवनिर्वाचित श्रेष्ठ नेपाल पत्रकार महासंघ नुवाकोटको उपाध्यक्ष तथा त्रिशुली खबर साप्ताहिकका सम्पादक हुन् ।

उपाध्यक्षमा श्रीराम अधिकारी र शुसिला लामिछाने, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवहरुमा पूजा तामाङ र कृष्ण अधिकारी र कोषाध्यक्षमा केदार ढकाल चयन भएका छन् ।

सदस्यहरुमा कृष्ण ढुंगाना, किश्वर ओली, लोकबहादुर पुडासैनी र संगिता लामिछाने रहेका छन् ।

बिहिबारनै बसेको प्रेस चौतारी नुवाकोट पहिलो बैठकले आगामी केन्द्रीय तथा प्रदेशस्तरीय महाधिवेशनको लागि अनुजकुमार श्रेष्ठ र भैरवी ढुंगानालाई केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिमा पुरुषोत्तम रिजाल, केदार ढकाल र सुशिला लामिछनेलाई चयन गरेको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज विन्दा ढुंगानाले प्रेस चौतारी नुवाकोट पत्रकार महासंघको तत्कालिन निर्वाचनमा कमजोर रहेको हुनाले आगामी निर्वाचनको लागि सांगठनिक रुपमा बलियो भइ अघि बढ्न अनुरोध गरेकी छिन् । साथै आगामी स्थानीय तहको निर्वाचनको लागि ग्रामिण भेगसम्म पुगेर आम नागरिकको आवाजलाई बाहिर ल्याउन प्रेस चौतारीले अग्रणी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरिन् ।

प्रेस चौतारीका उपमहासचिव हिरामान लामाले देशभरकै पत्रकारहरुको ठूलो संगठन प्रेस चौतारी भएकोले आफ्ना सदस्यहरुलाई व्यवसायिक बनाउनु आवश्यक रहेको बताए ।

नेकपा एमाले जिल्ला अध्यक्ष बद्री मैनालीले निर्वाचनको समयमा स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउन आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले सञ्चारकर्ममा पत्रकारको समाचार विचारबिम्बित नहोस् र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्नुपर्ने बताए । पत्रकारले आफ्नो लागि मात्र पत्रकारिता गर्नु फगतको पत्रकारिता हुने भएकोले समग्र समाज परिवर्तनको लागि पत्रकारिता गर्नपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top