२०८१, १३ बैशाख बिहीबार

क्याम्पस प्रमुखको नियुक्ति र सभा बोलाईनु अवैधानिक छ – अध्यक्ष प्याकुरेल

डबली खबर     माघ ९ २०७८ १७:१२

Campus Chairman Ramprasad Pyakurel Press meet
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नुवाकोट आदर्श बहुमुखी क्याम्पस अध्यक्ष रामशरण प्याकुरेलले नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा नवनियुक्त गरिएको क्याम्पस प्रमुख अवैधानिक रहेको बताएका छन् । आईतबार बट्टारमा आयोजित प्रेस सम्मेलनमा बोल्दै क्याम्पस अध्यक्ष प्याकुरेलले क्याम्पस प्रमुख नियुक्तिको साथै क्याम्पसमा गैर कानुनी तवरले गरिएका क्रियाकलापको सबै पक्षबाट निन्दा र भत्र्सना गरेका छन् ।

लामो समयसम्म क्याम्पसमा रिक्त क्याम्पस प्रमुखमा गत सातामात्र क्याम्पस व्यवस्थापनका जेष्ठ सदस्य छत्रबहादुर डंगोलको अध्यक्षतामा बैठकको निर्यणले क्याम्पस प्रमुखमा जितेन्द्र अर्याललाई नियुक्त गरेको थियो । साथै क्याम्पसको सञ्चालक समितिको अध्यक्ष तथा अन्य कार्यसमिति सदस्य चयनका लागि माघ १९ गते क्याम्पस सभा डाकेको थियो ।

क्याम्पस अध्यक्ष प्याकुरेलद्वारा आजै जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ “एउटा सामुदायिक संस्था सञ्चालनको उद्देश्य, भावना, मर्म र प्रचलित विधि विपरित संस्थाको अध्यक्ष, सदस्य, सचिव र अधिकांश सदस्यको अनुपस्थितिमा गरिएका क्रियाकलाप र निर्णय विद्यमान विधानको सर्वथा विपरित भएको र त्यसको कुनै कानुनी आधार नरहने भएकाले सबैको जानकारीको लागि अपिल गरेका छन् ।”

विज्ञप्तीमा “केही ब्यक्तिले मनोमानी ढंगबाट क्याम्पस प्रमुखको नियुक्ति, खाता सञ्चालन र यहि माघ १९ गते क्याम्पस सभाको तिथी मिति तोकी पत्राचार समेत गरेको पाईएकोले यी अवैधानिक क्रियाकलापबाट निस्कने दुस्परिणामको जिम्मेवारी सम्बन्धित ब्यक्तिहरुले लिनुपर्छ । विधान विपरित भएका बैठकका निर्णय कार्यान्वयन गर्ने गराउने सबै पक्षलाई प्रचलित कानुनको दायरामा ल्याउने समेत जानकारी गराईन्छ । सर्वथा अस्विकार्य, विधान विपरितका यी कार्यले क्याम्पसलाई अराजक अवस्थामा पुर्याई यसको प्राज्ञिक गरिमा, मूल्य, मान्यतालाई समाप्त पार्दै जनताले उच्च शिक्षामा गरेको लगानी र कायम गरिनुपर्ने स्वच्छ शैक्षिक प्राज्ञिक वातावरणमा अन्यौल, अस्थिरता सिर्जना गरी क्याम्पसको प्रगतिमा बाधा पु¥याउने निन्दनीय क्रियाकलापप्रति सबै सरोकारवाला, शिक्षक, विद्यार्थी, संस्थाका संस्थापक एवं शुभचिन्तक, जिल्लाका राजनैतिक दल, सम्पूर्ण नागरिक समाज, बौद्धिक जगत एवं सञ्चारकर्मीको खबरदारी, सकारात्मक हस्तक्षेप र योगदानको लागि आब्हान पनि गर्दछौं” उल्लेख छ ।

“क्याम्पस सबैको प्राज्ञिक साझा थलो भएकाले यस संस्थाभित्र लामो समयदेखि भईरहेको अशोभनीय, अमर्यादित, अराजक र गैरप्राज्ञिक गतिविधी तत्काल रोकी क्याम्पसमा प्राज्ञिक वातावरण तयार गर्नुका साथै संस्थाको मर्यादालाई उँचो राख्न शिक्षाप्रेमी सबै जिल्लाबासी एकजुट भई सबै खालका नैतिक र मर्यादित उपाय अवलम्बन गरेर विद्यमान समस्या समाधान गर्न सबैको सहयोगको अपेक्षा गरेका छन् ।”

“जिल्लाको सबैभन्दा पुरानो सामुदायिक क्याम्पसको रुपमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पस अहिले सत्ता दुरुपयोगको चरम चपेटामा परेको छ । त्रिवि विनियम २०७३ ले ब्यवस्था गरेअनुसार, २०७४ मै त्रिभुवन विश्व विद्यालय प्रशासनले क्याम्पसको विधान तयार गर्न सार्वजनिक आब्हान गरेपनि शैक्षिक संस्था सञ्चालनको मर्म विपरित क्याम्पसको गलत नेतृत्व, सञ्चालक समितिका सदस्यको स्वार्थ र आग्रहको टक्कर र राजनैतिक द्वन्द र विधान सम्बन्धी विवादका कारण त्रिविले आब्हान गरेपनि २०७४ देखि २०७७ सालको अन्त्यसम्म पनि क्याम्पस विधान बनेन ।”

त्रिविको सम्बन्धन सम्बन्धी विनियम २०७३ अनुसारका त्रिवि प्रतिनिधिको रुपमा नयाँ विधान मस्यौदा समिति गठन गर्न प्याकुरेलले जिम्मेवारी पाएका थिए । जिम्मेवारी पाए लगतै प्याकुरेलले त्रिविमा विधान मस्यौदा अनुमोदन गराई सोहीअनुसार गत वर्षको चैत्र २७ गते क्याम्पस व्यवस्थापनको अध्यक्ष सम्हालेका थिए । क्याम्पस अध्यक्षको नियुक्तिलाई लिए पटकपटक सर्वोच्च अदालतमा रिट जाहेर र त्रिविमा ताकेता भएको थियो ।

प्रेस सम्मेलनमा बोल्दै क्याम्पसको अध्यक्ष पदमा रहँदा र नरहँदा पनि क्याम्पस र समग्र जिल्लाको शिक्षाको विकासको लागि आफु सदैव लागि पर्ने बताएका छन् ।

प्रेस विज्ञप्ति

[pdfjs-viewer attachment_id=17277 url=https://www.dabalikhabar.com/wp-content/uploads/2022/01/Scanned-Documents.pdf viewer_width=0 viewer_height=800 url=https://www.dabalikhabar.com/wp-content/uploads/2022/01/Scanned-Documents.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top