२०८१, १४ बैशाख शुक्रबार

नुवाकोट आदर्श क्याम्पसको प्रमुखमा जितेन्द्र अर्याल नियुक्त

डबली खबर     माघ ३ २०७८ १४:३१

nuwakot adarsha multiple campus
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – लामो समयदेखि रिक्त रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको प्रमुख पदमा जितेन्द्र अर्याल चयन भएका छन् । सोमबार बसेको क्याम्पसमा सञ्चालक समितिको बैठकबाट अर्याललाई तीन बर्षको कार्यकालको क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

क्याम्पसको प्रमुख पद समेत रिक्त रहेको अवस्थामा सञ्चालक समितिका सदस्यहरु मध्ये जेष्ठ सदस्य छत्रबहादुर डंगोलको अध्यक्षतामा बैठकले क्याम्पस प्रमुखमा अर्याल नियुक्त गर्ने निर्णय गरेका हुन् ।

क्याम्पसको सञ्चालक समितिको अध्यक्ष तथा अन्य कार्यसमिति सदस्य चयनका लागि माघ १९ गते क्याम्पस सभा तय गरेको छ । उक्त सभाले कार्यसमितिले पूर्णता पाउने छ ।

यसअघि क्याम्पसले भोलाराज पाण्डेलाई कायममुकायम प्रमुख तोकेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top